बलिउडको चर्चित डाइलग म जहाँ उभिएको छु त्यहाँबाट लाइन सुरु हुन्छ…तपाईले यो चर्चित डाइलग सुन्नु भएको छ । हिन्दी चलचित्र इतिहासमा यो संवादको आफ्नै महत्त्व छ । आफ्नो घमन्ड देखाउने हो भने जो कोही हतारमा यो संवाद बोल्छन् । यो संवाद अमिताभ बच्चनको फिल्म ‘कालिया’ को हो । कालिया सुपरहिट फिल्म र-ह्यो जसमा प्राणले जेलरको भूमिका निभाएका थिए ।
यस फिल्मबाट बलिउडका महानायक अमिताभ बच्चनका संवादहरू निकै चर्चित भए । अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर अमिताभ बच्चनको बाल्यकालको तस्बिर हो । जुन केही समयअघि अभिषेक बच्चनले आफ्नो इन्स्टाग्राम खातामा सेयर गरेका थिए। अमिताभ बच्चनको यो तस्बिर अभिषेक बच्चनले उनको ७८ औँ जन्मदिनमा सेयर गरेका हुन् ।
यो तस्बिर अमिताभ बच्चनको बाल्यकालको हो । यो तस्बिरमा महानायक अमिताभ बच्चन निकै क्युट देखिएका छन् । यो तस्बिर इन्स्टाग्राममा सेयर गर्दै अभिषेक बच्चनले लेखेका छन्, ‘मेरो हिरो’ लभ यु पापा।’ यो तस्बिरलाई फ्यानले धेरै माया गरेका छन् भने लाइक पनि आएका छन् । अभिनेता अमिताभ बच्चनको आगामी फिल्मको कुरा गर्दा उनी चाडै नै फिल्म ‘झुण्ड’ मा देखिने छन् ।