काठमाडौं : तामिल सुपरस्टार अजित कुमार(Ajith Kumar) अभिनित तमिल भाषाको फिल्म ‘भलिमाई(Valimai)’ ले रिलिज भएकै दिन एक अर्बको व्यापार गरेको छ । मिडिया रिपोर्ट अनुसार फिल्मले भारतमा ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको हो।
भारतमा गंगुबाई पनि रिलिज भएको छ तर भलिमाई अगाडि देखिएको छ । भलिमाई तामिलनाडुको ६५० थिएटरमा लागेको छ । क्राइम सस्पेन्स कथामा बनेको फिल्ममा हुमा कुरैसी(Huma Qureshi)को समेत अभिनय रहेको छ । शुक्रवार नेपालमा ‘म यस्तो गीत गाउँछु-२’, भलिमाई र गंगुबाई रिलिज भएको हो ।
एच विनोथको निर्देशन र बोनी कपूरको निर्माणमा बनेको यो एक एक्सन-थ्रिलर फिल्म हो। यो फिल्म एक प्रहरी अधिकारीको जीवनमा केन्द्रित छ।
फिल्म ‘भलिमाई’ मा अभिनेता अजित कुमारबाहेक हुमा कुरैशी र कार्तिकेय(Kartikeya Gummakonda)को पनि महत्वपूर्ण भूमिका रहेको छ। यो फिल्म तमिल बाहेक हिन्दी, तेलुगु र कन्नड भाषामा पनि रिलिज गरिएको छ।
बोनी कपूर(Boney Kapoor)ले तमिल सिनेमामा हिन्दी फिल्म ‘पिङ्क(Pink)’ को रिमेक ‘नेरकोन्डा परवई(Nerkonda Paarvai)’ बाट कदम राखेका थिए, जुन फिल्ममा अजित कुमारको प्रमुख भूमिका थियो। ‘भलिमाई’ बोनी कपूरको दोस्रो फिल्म हो। भारतीय सञ्चारमाध्यमहरुका उनी अहिले तेस्रो प्रोजेक्टमा काम गरिरहेका छन्।