घटनाको यथार्थ बाहिर नआउँदै अभिनेत्री पूजाले पल शाहको न्यायको लागि भन्दै सार्वजनिक गरिन् यस्तो पोस्ट!

आइतबार अभिनेता पल शाहले तनहु पुगेर प्रहरी समक्ष आत्म समर्पण गरेका छन् ।

नायक पल शाहले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै आत्मसमर्पण गर्ने बताएका थिए । अहिले अभिनेता अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारबाट मात्र प्रदर्शनमा आएको र उनको स्वास्थ्य स्थिति ठिक नहुनुको साथै केही पारिवारिक समस्या भएको हुँदा प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका छन् ।

नाबालिका ठहरिएकी गायिका समीक्षा अधिकारिलाई बला-त्कार गरेको आरोप लागेपछि अहिले अभिनेता प्रहरी नियन्त्रणमा रहेका छन् । त्यस्तै पल अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । अभिनेत्री पूजा शर्मा शुक्रबार चलचित्र प्रचारको क्रममा पल तस्बिर भएको टि-शर्ट लगाएर चलचित्र चलेको पहिलो दिन फिल्म प्रचार गर्न पुगेकी थिइन् ।

त्यस्तै अहिले अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् । सार्वजनिक पोस्टमा अभिनेत्रीले अभिनेता पल शाहको तस्बिर सार्वजनिक गर्दै अभिनेत्रीले पल शाहको न्यायको लागि भन्दै एक पोस्ट सार्वजनिक गरेकी छिन् । अहिले घटनाको यथार्थ बाहिर नआउँदै अभिनेत्रीको यो पोस्ट अहिले सामाजिक सञ्जाल केही मानिसको साथ र केहीबाट आलोचना भएको छ ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५४ वर्षको उमेरमा पनि अभिनेत्री माधुरी भइन् यति धरै आधुनिक, सार्वजनिक गरिन् यस्ता तस्बिर!