आजबाट नेपाल भर प्रदर्शनमा आयो बहु प्रतीक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’

पछिल्लो समयमा कोरोनाको कारण नेपाली फिल्मका निर्देशक हलहरुमा फिल्म लगाउन निकै डराएका छन् । पछिल्लो समय कोरोनाको कारण बन्द भएको चलचित्र हलहरु खुलेका छन् । यस समयमा प्रदर्शनमा आएका केही चलचित्रले सामान्य व्यापार गरेका छन् भने केही आफ्नो लगानी समेत उठाउन नसकेको अवस्थामा छन् ।

फागुन १३ गते शुक्रबारबाट लामो समय देखि दर्शकको प्रतीक्षामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको छ । यस चलचित्रमा मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको छ । यस फिल्मको अघिल्लो सिरिजमा पनि अभिनेत्री पल र पूजाको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

यस चलचित्रलाई कलाकार तथा निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले निर्माण गरेका हुन् । बुधबार भएको यस चलचित्रको प्रिमियर कार्यक्रममा विभिन्न कलाकार तथा अभिनेता,अभिनेत्रीको उपस्थिति थियो । तर आफ्नै फिल्मको प्रिमियरमा नायक पल शाह भने उपस्थित थिएनन् । कारण अहिले भएको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको विषयमा भएको केस हो ।

अहिले गायिका समीक्षा अधिकारीले नायक पल शाहको विरुद्धमा तनहुँ प्रहरीमा जब-र्जस्ती करणी मुद्दामा उजुरी दर्ता गरेपछि अहिले अभिनेता पल भने फरार रहेका छन् ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१२:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फरार अभिनेता पल शाहको अन्तिम लोकेसन काठमाडौँको बालकुमारी !