फरार अभिनेता पल शाहको अन्तिम लोकेसन काठमाडौँको बालकुमारी !

आजबाट अभिनेता पल शाह अभिनीत चलचित्र ‘म तस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको छ । तर अभिनेता पल शाह भने अहिले अज्ञात छन् । अभिनेता पल शाहको विरुद्धमा बुधबार गायिका समीक्षा अधिकारीले जिल्ला तनहुँ प्रहरीमा जब-र्ज:स्ति करणी मुद्दामा उजुरी दिएकी छिन् । त्यस समयपछि काठमाडौंको शान्तिनगर बस्दै आएका थिए ।

अहिले उक्त्त घटनापछि अभिनेता पल शाह फरार छन् । अभिनेले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै आफूलाई केही मानिसको समूहले फसाउन खोजेको भन्दै एक पोस्ट सार्वजनिक गरेका थिए उक्ता पोस्टमा अभिनेताले केही मानिसको नाम सहीत केही अडियो क्लिप पनि सार्वजनिक गरेका थिए ।

अहिले आफूलाई निर्दोष  बताए पनि अभिनेता अहिले फरार छन् र उनलाई काठमाडौँ प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार अभिनेताको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारी देखिएको थियो तर प्रहरी उक्त्त स्थानमा पुग्दा अभिनेता त्यस स्थानमा पाउन सकेन । अहिले अभिनेताले प्रयोग गर्दै आएको सबै मोबाइल अफ छ ।  अभिनेताको अन्तिम पटक ललितपुरको  र काठमाडौँ  सीमामा पर्ने बालकुमारीबाट आफ्नो मोबाइल अफ गरेका थिए  ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बल्छी धुर्बेले गरे कडा व्यङ्ग्य प्रहार, भन्छन् – ‘दाईको मेरो एउटा साथी छ गीतको शब्दहरुको त ब;_-ला_*त्कार नै पो गर्दे त।…..’