अहिले अभिनेता पल शाह र समीक्षा बिचमा भएको घटनामा विभिन्न कलाकार तथा संगीत क्षेत्रमा विभिन्न गायकको आफ्नो प्रतिक्रिया आउने क्रम बढेको छ । त्यस्तैमा अहिलेको समयको चर्चित गायक शिव परियारले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेका छन् । जसमा यस घटनाले समग्र कलाकार कै नाक काटिएको बताएका छन् ।
गायक शिवका अनुसार यस घटनाले नेपाली समाजमा नाच्ने गाउने काम राम्रो होइन् भन्ने धारणको विकाश गरेको बताएका छन् । अहिले शिवले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट निकै भाइरल भएको छ ।
घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशिले गद गद होला, एउटा पक्ष दुखाईले भत्त भति होला | तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामि समग्र कलाकार कै नाक काटिएको छ है | कलाहरुको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ‘
शिवले थप भनेक छन् ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको बिधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको छ | खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो ।’