अमिताभ बच्चनले यस अभिनेत्रीलाई दिए आफ्नो आलिशान घर भाडामा, भाडा सुन्नुभएमा विश्वास नलाग्न सक्छ

एजेन्सी : बलिउड सुपरस्टार अमिताभ बच्चनले मुम्बईमा रहेको आफ्नो आलिशान डुप्लेक्स फ्ल्याट भाडामा दिएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अमिताभ बच्चनको यो घर अभिनेत्री कृति सेननले भाडामा लिएकी हुन्। कृति सेनन छिट्टै अमिताभ बच्चनको घरमा सिफ्ट हुन लागेकी छिन्। मिडिया रिपोर्ट्स अनुसार कृति सेनन छिट्टै अमिताभ बच्चनको घरमा सिफ्ट हुन लागेकी छिन् । मिडिया रिपोर्ट्स अनुसार कृतिले अमिताभ बच्चनलाई करोडौं भाडा तिर्नुपर्नेछ।

रिपोर्ट्स अनुसार कृति सेनन मुम्बईको अँधेरी वेस्टको लोखण्डवाल रोडस्थित एटलान्टिस बिल्डिङमा रहेको घरमा शिफ्ट हुन् लागेकी हुन्। बिल्डिङको २७ र २८ फ्लोरस्थिति डुप्लेक्स फ्ल्याट एकदमै विलासी छ। कृति सेननले यो फ्ल्याटसँगै चार गाडीको पार्किङ स्पेस पनि पाएकी छिन्। कृतिले अमिताभ बच्चनको यो घर दुई वर्षको लागि भाडामा लिएकी हुन्।

भारतीय मिडिया रिपोर्ट्स अनुसार कृति सेननले हरेक महिनाको भाडा १० लाख भारु अर्थात् एक वर्षको १ करोड २० लाख भारु तिर्नेछिन्। साथै कृतिले सेक्युरिटी डिपोजिटको रुपमा ६० लाख भारु तिरेकी छिन्। करोडौंको यो फ्ल्याट अमिताभ बच्चनले सन् २०२० मा किनेका थिए। यो फ्ल्याट किन्न अमिताभ बच्चनले करिब ३१ करोड भारु खर्च गरेका थिए।

कृति सेननको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनले तेलुगु साइकोलोजिकल थ्रिलर फिल्मबाट फिल्म उद्योगमा डेब्यु गरेकी थिईन्। यसपछि उनले ‘बरेली की बर्फी’ फिल्मबाट बलिउडमा डेब्यु गरिन्। सन् २०२१ मा फिल्म ‘मिमी’ रिलिज भएको थियो।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी दुई बालकलाई चिन्नुभयो, अहिले साउथ फिल्ममा एकछत्र राज गरिरहेका छन्