चर्चित गायक एवं कलाकार जयनन्द लामाको निधन

चर्चित कलाकार एवं लोकगायक जयनन्द लामको निधन भएको छ ।

चर्चित कलाकार एवं लोकगायक जयनन्द लामको संकास्पद निधन भएको छ । आज बिहान उनको आफ्नै निवास स्थित भक्त्तपुर स्थित आफ्नै निवासमा निधन भएको हो । स्रोतका अनुसार  एक कार्यक्रमबाट फर्कने क्रममा गाडीबाट लडेर  टाउकोमा गहिरो चोट लागेको भनिए पनि अहिलेसम्म औपचारिक पुष्टि  भने भएको छैन ।

आज बिहान जयनन्दका आफन्तले उनको निधन भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । हिजोसम्म सकुशल रहेका जयनन्दको अचानक निधन भएको हुँदा अहिले यस विषयमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । जयनन्द हिजो राति करिब ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका थिए ।  पछि  उनी एक कारमा घर फर्केका थिए ।

लामा घर फर्कदा उनको अवस्था  खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा टेकेको अवस्थामा परिवार कस सदस्यले भेटेको बताएका थिए । लामाले अहिलेसम्म नेपाली संगतिक क्षेत्रमा थुप्रै गीतमा आवाज दिएका छन् । यसका  साथै जयनन्दले थुप्रै कमेडी टेली चलचित्र तथा फिल्ममा हरुमा अभिनय गरिसकेका छन् ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित कलाकार एवं लोकगायक जयनन्द लामाको निधन संकास्पद