चर्चित कलाकार एवं लोकगायक जयनन्द लामाको निधन संकास्पद देखिएको छ ।
चर्चित कलाकार एवं लोकगायक जयनन्द लामाको संकास्पद निधन भएको छ । आज बिहान उनको आफ्नै निवास स्थित भक्त्तपुरको कौशलटारमा निधन भएको हो । स्रोतका अनुसार परिवार स्रोतका अनुसार लामा हिजो राति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा घर फर्कदा खुट्टा कारमा र टाउको भुइमा टेकेको अवस्थामा परिवारले भेटेको बताएको छ ।
घटनाको बारेमा अहिले थापा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । जयनन्द लामो समय देखि सांगीतिक तथा कलाकारिता क्षेत्रमा सक्रिय थिए । आजको समयमा पनि जयनन्द थुप्रै चलचित्र, टेलिश्रृंखलामा सक्रिय रुपमा देखिँदै एक थिए । सिन्धुपाल्चोकमा जन्मिएका लामाले थुप्रै मौलिक तथा लोक गीतमा आफ्नो आवाज दिएका छन् ।
लामाको आवाजमा रहेको गीतहरु ‘कलकत्ते काइँयो केश मेरो बाँगो’ जुन आजको समयमा पनि निकै रुचाइने गरिन्छ । त्यसतै चुईं चुईं चुइँकने जुत्ता, मेरो माया छ भने त्यता, पानी पर्यो बलेसी, लौन हजुर के गरौँ जस्ता दर्जनौँ गएँ गितमा आफ्नो आवाज दिएका छन् । यसको साथै करिब ४८ वर्ष पहिलेबाट अभिनय यात्रा सुरु गरेका लामाले अहिलेसम्म थुप्रै चर्चित चलचित्रमा अभिनय गरिसकेका छन् ।