गायिका एलिना चौहानलाई कस्तो खालको केटा मनपर्छ त ? खुलाईन् आफ्नो टाइप

गायिका एलिना चौहानलाई १६ प्रश्न : – 

प्रश्न न. १ : तपाईंसँग सबै भन्दा बहुमूल्य वस्तु के छ ? उत्तर : मोबाइल फोन नै हो । प्रश्न न.२ : यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानुपरे के लैजानुहुन्छ ? उत्तर : म पैसा लिएर जान्छु। प्रश्न न. ३ : तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ? उत्तर : मेरा दर्शक हुन्।

प्रश्न न. ४ : घरको कुन कोठामा सबैभन्दा बढी मनपर्ने वस्तु छन् ? उत्तर : मेरो सुत्ने कोठामा छन् । त्यहाँ मैले पाएका अवार्ड र मेकअपका सामान छन्। प्रश्न न.५ : कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ? उत्तर : मन्दिर जाँदा ढोकामा झुन्ड्याउने रुद्राक्ष, बाँसुरी पाइन्छन् नि । हो ती वस्तु किन्दा मलाई सन्तुष्टि मिल्छ ।

प्रश्न न.६ : कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ? उत्तर : त्यस्तो त छै न । तर पैसाबिना बाँच्न सकिँदैन होला। प्रश्न न.७ : तपाईंले कहिल्यै आफूले महìवपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ? उत्तर : मैले अहिलेसम्म केही चोरेको छैन्।

प्रश्न न. ८ : आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ? उत्तर : धेरै नै छ । प्रश्न न. ९ : तपाईंले बाल्यकालमा कुन वस्तुलाई धेरै महìवपूर्ण ठान्नुभयो ? उत्तर :सानोमा धेरे पढिन्थ्यो । त्यही भएर किताबलाई नै महìवपूर्ण ठानेँ।

प्रश्न न. १० : तपाईं कस्तो स्वभावको महिला हो ? उत्तर : म अलिक फ्रेङ्क र छुच्ची किसिमकी छु। प्रश्न न. ११ :  जीवनमा कहिले कोही मन परेको छ ? उत्तर : पहिला मन पराएकी थिएँ । अहिले छैन।

प्रश्न न. १२ : राति घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ? उत्तर : म अहिलेसम्म राति कहीँ बाहिर निस्किएको छैन। कहिलेकाहीँ यत्तिकै निस्कन मन लाग्यो भने बाहिर घुम्छु। रिस उठेको बेला, टेन्सन भएको बेला बाहिर घुम्न मनपर्छ। अनि घरै आउँछु।

प्रश्न न. १३ : तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के-के हुन् ? उत्तर : प्रायः सबै लाई मेरो बानी थाहा छ। मेरो जे पनि सबैलाई सुनाउने बानी छ । त्यसकारण मान्छेलाई थाहा नभएको त मेरो केही पनि छैन ।

प्रश्न न. १४ : तपाईंको मनपर्ने फेसनशैली कुन हो ? उत्तर : मलाई सबै फेसन मनपर्छ । तर कल्चरल ड्रेसचाहिँ विशेष मनपर्छ। भल्गर टाइपको फेसन मन पर्दैन। अरूले लगाएको पनि मन पर्दैन ।

प्रश्न न. १५ : मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ? उत्तर : कोही मान्छेप्रति शङ्का छ भने मानिसले उपशङ्का गरेर आफूलाई तनाव दिन्छन्। मचाहिँ फोन गरिहाल्छु । अरूलाई मनमा लागेका कुरा जहिल्यै क्लियर गरिहाल्छु । प्रश्न न. : १६ तपाईंलाई कस्तो खालको केटा मनपर्छ ? उत्तर : मैले अहिले गरिरहेको कामको कुुरा बुझ्ने खालको केटा मनपर्छ। राष्ट्रिय मासिक पत्रिका ‘युवामञ्च’ को फाल्गुन अङ्कमा यो प्रकाशित छ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कि;_स दिन फिटिक्कै धक मान्दिनन् वाणी कपूर, भन्छिन् – ‘एक चु;_म्बन होस् या बीस, चु;_म्बन त चु:_म्बन नै हो।’