केही समय पहिले देखि सामाजिक सञ्जालमा नायक पल शाह र पछिल्लो समयको चर्चित गायिका समीक्षाअधिकारीको विषयमा विभिन्न खबर आउने गरेका छन् । अहिलेको समयमा सामाजिक सञ्जालमा नायक पल शाह र समिक्षा अधिकारी र केही मानिसहरु बिचमा भएको संवाद सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो क्लि-प अनुसार समीक्षा अभिनेता पल शाह सँग विवाह गर्न चाहेको सुनिन्छ भने पल शाह समीक्षासँग विवाह गरे पलको परिवारले स्वीकार नगर्ने बताएका छन् । यही क्रममा समीक्षाले यस विषयमा पहिले नै सोच्नु पर्थ्यो भन्छिन् । यसबाट के स्पष्ट हुन्छ भने के पल शाह र गायिका समीक्षाको सम्बन्ध धेरै नै नजिक भएको हो की भन्ने अनुमान लगाउन सकिन्छ ।
कानुनी हिसाबले अहिले समीक्षा अहिले नाबालिका नै छिन् । कानुनी हिसाबले पनि विवाह गर्नको लागि कम्तिमा २० वर्ष हुनुपर्छ । नायक पल शाह लाखौँ मानिसले मानेको एक चर्चित अभिनेताले एक नाबालिकालाई प्रेममा पारेर धोका दिएकै हुन् त ? तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पल शाहले ‘गर्भवती भएको भए अहिले नै विवाह गर्नु पर्थ्यो तर त्यस्तो ट भएको ट छैननी’ भन्दा उनीहरु सम्बन्ध निकै नै नजिक भएको अनुमान लगाउन सकिन्छ ।