अभिनेत्री रेखा थापाको सुटुक्क दोस्रो विवाह, को हुन् अभिनेत्रीको श्रीमान !

करिब १ दशक देखि नेपाली चलचित्र निर्माता छविराज ओझा सँगको सम्बन्ध विच्छेदपछि एकल जीवन बिताउँदै आएकी अभिनेत्रीले रेखा थापा केही दिन पहिले कानुनी रुपमा विवाह बाधिएकी छिन् ।

अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ कि अभिनेत्री रेखा थापाले विवाह गरेका युवक को हुन् । अभिनेत्री रेखाले जाजरकोट जिल्ला घर भएका बलराम शाही सँग विवाह गरेकी हुन् । अभिनेत्री रेखाले कुनै धार्मिक परम्परा अनुसार नभई कानुनी रुपमा विवाह गरेकी छिन् । रेखा आफू अभिनय क्षेत्रको भए पनि उनको श्रीमान पर्यटन व्यवसायका हुन् ।

केही समय पहिले देखि नै अभिनेत्री रेखा थापालाई विवाहको प्रश्न निकै आउने गरेका थिए । पछिल्लो समयमा अभिनेत्रीले दिएका विभिन्न अन्तर्वार्तामा पनि देख्न सकिन्छ । तर अहिले अभिनेत्रीले ती प्रश्न गर्ने सबैको मुख बन्द गरिदिएकी छिन् । नेपाली फिल्म निर्माता छविराज ओझा सँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री एकल जीवन बिताउँदै आएकी थिइन् ।

पछिल्लो समयमा अभिनेत्री अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा उनको बारेमा खबर  आउन कम भएको छैन । त्यस्तै अभिनेत्रीले कानुनी रुपमा विवाह गरेको  खबर  अहिलेसम्म सामाजिक सञ्जालमा सेलाउन पाएको छैन ।

पछिल्लो समय अभिनेत्री कहिले राजनीतिक र कहिले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् ।  त्यस्तैमा अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तस्वीर स्रोत: रेखा थापा इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नायक पलले गायिका समीक्षालाई पिडीत बनाएको आरोपमा: नायक पल शाहको यस्तो स्पष्टीकरण ( भिडियो सहित)