काठमाडौं : हालसालै भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसीमार्फत छोरीको आमाबुवा बनेको खबरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाएको छ। बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसले आफ्नो परिवार चलाउन सरोगेसी अपनाए।
शाहरुख खान
भारतीय अभिनेता शाहरुख खानलाई बलिउडका ‘किङ खान’को नामले चिनिन्छ । शाहरुख खान पनि सरोगेसीमार्फत बुवा बनेका अभिनेता हुन् । गौरी खान र उनको दुई सन्तान आर्यन र सुहाना जन्मिसकेपछि सन् २०१३ मा उनीहरुले कान्छो छोरा अबरामको लागि सरोगेसी रोजेका थिए।
शिल्पा सेट्टी
भारतीय अभिनेत्री शिल्पा सेट्टी सन् २०२० मा सरोगेसीमार्फत दोस्रो पल्ट आमा बनेकी थिईन्। शिल्पा र राज कुन्द्राले सरोगेसीमार्फत छोरी जन्माएका हुन् ।
करण जोहर
बलिउडका चर्चित चलचित्र निर्माता करण जोहर पनि सरोगेसीमार्फत जुम्ल्याहा सन्तानका बुबा बनेका हुन्। उनी एकल पिता हुन् ।
सनि लियोन
सनि लियोन र उनका श्रीमान डेनियल वेबर सन् २०१८ मा सरोगेसी मार्फत जुम्ल्याहा छोराका आमाबुवा बनेका थिए।
तूषार कपूर
नायक तुषार कपूर पनि सरोगेसीमार्फत छोराका बुवा बनेका हुन्। उनी पनि एकल पिता हुन्।
आमिर खान
बलिउडका चर्चित अर्का अभिनेता आमिर खानले पूर्वपत्नि किरण रावसँग सरोगेसीमार्फत छोरा जन्माएका थिए। आमिरको पहिलो श्रीमती रिना दत्तासँग दुई सन्तान जुनैद र आयरा छन्।