वृष राशि
यो हप्ता तपाईंको लागि समग्रमा सकारात्मक रहनेछ। कार्यक्षेत्रमा तपाईं आफ्नो प्रभुत्व जमाउन सक्नुहुनेछ। लामो समयबाट अधुरा रहेका कार्य यो साता पुन सुचारु हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा मन लाग्नेछ। प्रेममा मधुरता छाउनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ।
मिथुन राशि
मिथुन राशिका मानिसको लागि पनि यो समय निकै शुभ रहनेछ। धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। विद्यार्थी वर्गको लागि पनि यो साता निकै अनुकूल रहनेछ। तपाईंको मिठो बोलीको प्रभाव अन्य मानिसमा पर्न सक्छ। छोटो दुरीको लाभदायक यात्राको योग बन्ने देखिन्छ। सन्तान सुख पनि प्राप्त हुनसक्छ।
कन्या राशि
कार्यक्षेत्रमा तपाईंको जिम्मेवारीमा वृद्धि हुनेछ। यो समयमा तपाईंलाई भाग्यले पूरा साथ दिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। व्यापार व्यवासयमा रहेका मानिसको लागि यो हप्ता निकै लाभदायक साबित हुनेछ। साथी-भाइ तथा आफन्तसँग रमणीय भेटघाट हुनेछ। धार्मिक यात्राको पनि योग रहेको छ।
वृश्चिक राशि
तपाईंलाई यो हप्ता हरेक कार्यमा भाग्यले पूर्ण साथ दिनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। कला तथा साहित्य क्षेत्रमा तपाईंको रुची बढ्नेछ। रोजगारीको खोजीमा रहेका मानिसले यो हप्ता सफलता प्राप्त गर्न सक्छन्। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नुका साथै धन लाभ पनि मिल्नेछ।
धनु राशि
यो हप्ता तपाईंले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुनेछ। कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। लामो यात्राको योग बन्ने देखिन्छ। यात्रा लाभदायक साबित हुनेछ। धन लाभ मिल्ने प्रवल सम्भावना रहेको छ। कार्यक्षेत्रमा तपाईंको कामको सराहना हुनेछ।