एजेन्सी : ‘कबीर सिंह’ फिल्मबाट युवापुस्ताहरुमाझ लोकप्रिय बनेकी बलिउड अभिनेत्री कियारा आडवाणी आफ्नो लुक्सको कारण सधैँ चर्चामा हुन्छिन्। करौडौं मानिसहरुको मुटुको ढुकढुकी बनेकी कियारा प्राय: सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा चर्चाको विषयवस्तु बन्छिन्। हालै उनले एउटा तस्बिर सार्वजनिक गरेकी छिन्, जसमा उनले पारदर्शी कपडा लगाएर तहल्का मच्चाएकी छिन्।
कियारा आडवाणीका यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। यी तस्विरहरुमामा कियाराले ग्रे र गोल्डेन कलर कम्बिनेसनको ड्रेस लगाएकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन्।
यी तस्बिरहरुमा कियारा आडवाणी निकै सुन्दर र आकर्षक देखिएकी छिन्। जुन तस्बिरहरुलाई फ्यान्सले अत्यधिक मन पराएका छन्।