सुतेको अवस्थामा मानिसले धेरै प्रकारका सपना देख्छन् । सपना कतिपय सपनाहरु याद रहदैनन् भने केही याद रहन्छन् । सपना शास्त्रका अनुसार हरेक सपनाले शुभ-अशुभ फल दिन्छ। सपनामा पानी देख्नु पनि शुभ मानिन्छ । सपनामा पानी देख्नुको अर्थ जान्नुहोस् ।
सपनामा पानी परेको देख्नु
सपना शास्त्रका अनुसार सपनामा पानी परेको देख्दा शुभ संकेत मिल्छ । यो सपनाले करियरमा सफलताको शुभ संकेत दिन्छ। यस्तो सपनाको अर्थ भविष्यमा घरमा लक्ष्मीको आगमन हुन लागेको पनि हो भनी संकेत गर्दछ ।
सपनामा नदी देख्नु
सपना शास्त्रका अनुसार कसैले सपनामा नदी देखेमा शुभ फल प्राप्त हुन्छ । यसबाहेक सपनामा आफूलाई पानीमा तैरिरहेको देख्नु पनि शुभ मानिन्छ । यस्ता सपनाले भविष्यमा चाहना पूरा हुने संकेत गर्छ ।
सपनामा बाढी आएको देख्नु
सपनामा बाढीको पानी देख्नु शुभ संकेत मानिन्छ । सपना शास्त्रका अनुसार यसको अर्थ छिट्टै कुनै शुभ समाचार प्राप्त हुने संकेत गर्दछ । त्यस्तै सपनामा फोहोर पानी देख्नु शुभ मानिँदैन ।
सपनामा कुवाको पनि देख्नु
सपना शास्त्रका अनुसार सपनामा कुवा तथा इनारको पानी देख्नु शुभ मानिन्छ । यस्तो सपनाले अचानक पैसा प्राप्ति संकेत गर्छ, साथै सपनामा सफा पानी देख्नु पनि शुभ संकेत हो। यस्तो सपनाले नोकरी–व्यवसायमा प्रगति हुने संकेत गर्दछ । ।