चैत्र १३ गतेसम्म एकदमै जोगिएर हिड्नुपर्नेछ ६ राशिका जातक, जीवनमा आउनेछ सङ्कट

काठमाडौँ : १९ फेब्रुअरी २०२२ बाट गुरु अस्त भएको थियो। ज्योतिष शास्त्रमा सबैभन्दा शुभ ग्रह मानिने बृहस्पति अस्त हुनु अशुभ मानिन्छ। यद्यपि, अस्त गुरुले १२ राशिमा शुभ र अशुभ दुवै प्रभाव पार्नेछ। यस पटक बृहस्पतिको अस्ताउँदा ६ राशिको जीवन चुनौतीपूर्ण हुनेछ। जान्नुहोस् २७ मार्च अर्थात् चैत १३ गते बृहस्पति ग्रहको उदय नहुँदासम्म कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने हुन्छ त ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बृहस्पति ग्रहको अस्तले वृष राशिका लागि काममा कठिनाइ आउनेछ। कार्यस्थलमा उनीहरुले असन्तुष्टि महसुस गर्नेछन्। साथी-भाइसँग राम्रो सम्बन्ध रहने छैन। धैर्यताका साथ यो समय निकाल्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बृहस्पति ग्रहको अस्तले कर्कट राशिका लागि करियरमा समस्या ल्याउनेछ। यो समयमा यस राशिका मानिसले परिश्रमको उचित फल प्राप्त गर्ने छैनन्। साना साना काम गर्न पनि गाह्रो हुन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशि भएका व्यक्तिहरुको लागि यो समय करियरमा कठिनाई ल्याउनेछ। जागिर परिवर्तन गर्नुपर्ने हुनसक्छ। व्यापार-व्यवसायीलाई घाटा हुनसक्छ। यस समयमा सहज रूपमा निर्णय गर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरूले आफ्नो करियरमा कठिनाइहरूको सामना गर्न सक्छन्। कर्यक्षेत्र परिवर्तन गर्न वा कार्य परिवर्तन हुनसक्छ। विचार नगरी निर्णय नगर्नु राम्रो हुन्छ। धैर्यवान हुनुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका व्यक्तिहरूले यस अवधिमा पारिवारिक मामिलामा चुनौतीहरूको सामना गर्नेछन्। घरमा कसैसँग विवाद हुन सक्छ। बुढापाकासँग कठोर शब्द नबोल्नुहोस्। करियरमा पनि अनुकूल समय रहेको छैन।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका व्यक्तिहरूले काममा असफलताको सामना गर्नुपर्ने हुन सक्छ। अप्रत्याशित समस्या आउन सक्छ। कार्यस्थल स्थानान्तरण हुन सक्छ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको नक्षत्र परिवर्तन : ४ राशिको भाग्य चम्किनेछ, प्रशस्तै लाभका अवसरहरु प्राप्त हुनेछन्