सन् २०२२ को पहिलो सूर्यग्रहण कहिले लाग्दैछ ? नेपालबाट देखिन्छ कि देखिँदैन् ?

काठमाडौँ : हरेक वर्ष सूर्यग्रहण र चन्द्रग्रहण लाग्ने गर्छ। सूर्य ग्रहण र चन्द्रग्रहण एक खगोलीय घटना हो। सन् २०२२ को पहिलो सूर्य ग्रहण मे महिनामा लाग्दैछ। ज्योतिष शास्त्रका अनुसार सूर्यग्रहणलाई अशुभ मानिन्छ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा जब चन्द्रमाको छायाँ पृथ्वीमा आइपुग्छ त्यसबेला छायाँभित्र परेका मानिसले सूर्यग्रहण भएको देख्छन् । चन्द्रमाको छायाँ एक हजार किलोमिटर लामो तथा दुई सय पचास किलोमिटर चौडाइको हुन्छ । यही क्षेत्रका मानिसले सूर्यग्रहण देख्ने गर्दछन् । यस्तो छायाँ सधैँ एकै ठाउँमा देखिंदैन । त्यसैले सूर्यग्रहण कुनै देशबाट देख्न सकिन्छ भने कुनै देशबाट देख्न सकिँदैन ।

पृथ्वीमा सघन र विरल गरी दुई प्रकारको छायाँ पर्छ । सघन भनेको मुख्य छायाँ हो, जुन बढी अँध्यारो हुन्छ भने विरल भनेको कम अँध्यारो छायाँ हो । सघन छायाँले छेकेकोे ठाउँमा परेका मानिसहरूले खग्रास अथवा वलय सूर्यग्रहण भएको देख्छन् अर्थात् सूर्य पूरै ढाकिएको देख्छन् । विरल छायाँमा परेका मानिसले खण्डग्रास अर्थात् सूर्यको केही भाग मात्र छेकिएको देख्छन् । यसरी उही ग्रहण कसैले पूरै ढाकेको देख्छन् भने कसैले अलिकति मात्र देख्छन् त कसैले ग्रहण देख्ने मौका पाउँदैनन् ।

पूर्वीय समाजमा अत्रिमुनिका सन्तानहरूले खगोल अध्ययन गरेको इतिहास भेट्न सकिन्छ भने सूर्यग्रहणको जानकारी गराउने तथा गणनासमेत गर्ने प्रथम आचार्यका रूपमा अत्रिमुनिलाई ऋग्वेदले उल्लेख गरेको पाइन्छ । धर्मशास्त्रको मान्यताअनुसार ग्रहण राहु र केतुका कारणले हुने गर्दछ । चन्द्रग्रहण कारक राहु हो भने सूर्यग्रहण कारक केतु हो भन्ने मान्यता पुराण तथा धर्मशास्त्रमा भेटिन्छ । आयुर्वेदले चन्द्रग्रहणले मानिसमा कफको मात्रा बढाउँछ र मनको शक्ति कमजोर बनाउँछ भन्छ । सूर्यग्रहणले मानिसहरूको पाचन क्षमता तथा आँखाको तेजमा ह्रास गराउने गर्दछ भने पित्तशक्ति कमजोर पार्दछ भन्ने मान्यता राख्दछ । गर्भवती स्त्रीले सूर्यग्रहण वा चन्द्रग्रहण दुवै हेर्न हुन्न भन्ने मान्यता छ भने हेरेमा गर्भमा रहेको शिशुको अ¨भ¨ हुने अथवा गर्भस्राव हुनसक्ने चेतावनी दिने चलन छ । गर्भवतीलाई कुनै पनि धारिलो चीजजस्तो कैँची वा चक्कुले कुनै पनि कुरा का:_ट्न रोक्ने चलन हाम्रो समाजमा छ । यस्ता धारिला वस्तुले केही काटेमा गर्भमा रहेको शिशुको कुनै अ¨ का:__टिन्छन् र कुनै कुरा सिलाएमा विभिन्न अ¨हरू जोडिन जान्छन् भन्ने मान्यता छ ।

ग्रहण लाग्नुभन्दा पहिले नदी या तलाउमा गई स्नान गरेर शुद्घ भई विभिन्न मन्त्रको जप गर्नाले मन्त्रसिद्घि हुने मान्यता तान्त्रिकहरूको छ । हिन्दु परम्पराअनुुसार ग्रहणको सुरुमा, मध्यमा र अन्त्यमा स्नान गरी शुद्घ हुने चलन छ । ग्रहण लागेको समयमा तेल लगाउन, भोजन गर्न, जल पिउन, मल:_मुत्र त्याग गर्न, कपाल कोर्न, र*ति:_क्री-*डा गर्न, दाँत माझ्न आदि वर्जित गरिएको छ । ग्रहणको समाप्तिपछि गरिब तथा तल्लो वर्गका मानिसलाई दान गर्नाले अधिक फाइदा हुने कुरा धर्मशास्त्रमा उल्लेख छ । देवीभागवतमा भूकम्प वा ग्रहणका बेलामा आफ्नो खेतवारी खनजोत गर्न हुन्न भन्ने उल्लेख पाइन्छ ।

सूर्य ग्रहण लाग्दा यसको प्रभाव संसारभर पर्छ, तर वर्षको पहिलो सूर्य ग्रहण आंशिक हो। सूर्य ग्रहणको प्रभाव कहाँ-कहाँ रहनेछ, कुन-कुन राशिमा पर्नेछ र कति समयको लागि रहनेछ त, हेर्नुस्।

ज्योतिषशास्त्रका अनुसार पहिलो सूर्यग्रहण १ मे २०२२ मा लाग्दैछ। वृष राशिमा लाग्ने यो सूर्य ग्रहणको अप्रभाव आंशिक रहनेछ। यो सूर्य ग्रहण पश्चिमी दक्षिण अमेरिका, प्रशान्त महासागार, अटलान्टिका र अन्टार्टिका महासागर क्षेत्रबाट देखिनेछ। यो सूर्य नेपालबाट भने देखिनेछैन।

नेपाली समय अनुसार १ मे २०२२ शनिबारको दिन पहिलो सूर्य ग्रहण राति १२:१५ बाट सुरु हुनेछ र बिहान ४:२२ मा समाप्त हुनेछ। यो सूर्यग्रहण नेपालबाट नदेखिने भएकोले यसको सूतककाल पर्दैन्।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्रिमा बन्दैछन् दुर्लभ विशिष्ट योगहरु, निष्ठापूर्वक पूजाआराधना गरे पाउनेछन् मनग्यै लाभ