एजेन्सी : लोकप्रिय बलिउड अभिनेता शाहरुख खानकी एक्ली छोरी सुहाना खान डेब्युको पर्खाईमा छिन्। यसैबीच उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरुले राम्रो प्रतिक्रिया पाएको छ। सुहानाको अहिलेदेखि नै लाखौँ फ्यानहरु छन्। उनले पापाराजीको ध्यान पनि राम्ररी तानिरहेकी हुन्छिन्। फ्यानले उनलाई धेरैजसो वेस्टर्न आउटफिटमा देख्ने गर्छन्। हालै उनले इन्स्टाग्राम रातो सारीमा तस्बिर पोस्ट गरेकी छिन। सुहनाको सारी अवतार देखेर सेलिब्रेटिजदेखि आममानिस सबैले उनको सुन्दरताको प्रशंसा गरेका छन्। उनको यो सारी चर्चित बलिउड फेशन डिजाइनर मनिष मल्होत्राले गरेका हुन्।
रातो सारीमा २१ वर्षीय सुहानालाई अत्यन्तै सुन्दर देखिएको छ। उनले आफ्नो कपाललाई पोनी बनाएकी छिन। एथनिक इयररिङ र टिकाले झन् उनको सुन्दरतामा चार चाँद लगाएको छ।
सुहानाका पोस्टमा अधिकांसले उनको सुन्दरताको तारिफ गरेका छन्। एक इन्स्टाग्राम प्रयोगकर्ताले उनको पोस्टमा लेखेका छन् – ‘गर्जियस, ठ्याक्कै दीपिका पादुकोणजस्तै देखिएकी छौँ।’
सधैँ अङ्ग प्रदर्शनमा रमाईरहेकी सुहानाले सारीमा तस्बिर अपलोड गर्दा धेरैजसो मानिसहरु अचम्मित परेका छन्। सुहाना हालै आईपीएल अक्सनमा दाजु आर्यन खानसँग देखिएकी थिईन्। अक्सनमा दाजु-बहिनी बोन्डले धेरैको ध्यान खिचेको थियो।