विक्की कौशलसँग भ्यालेन्टाइन मनाएकी कट्रिना, सलमानको साथमा फरार भइन् कट्रिना !

अहिलेको समयमा बलिउड अभिनेता सलमान खान आफ्नो आगामी फिल्म टाइगर ३ लाई लिएर चर्चामा छन् । सलमानको यो फिल्म बजेट र एक्सन सि-क्वेन्सलाई लिएर चर्चामा छ । यसका साथै यो फिल्म मार्फत फ्यानले एक पटक फेरि सलमान र कट्रिनालाई एक साथमा देख्न पाउने भएका छन् । अहिले सलमान र कट्रिना फिल्मको अन्तिम छायाँकनको लागि दिल्ली गएका छन् ।

अहिले सलमान र कट्रिनाको दिल्ली जाने क्रममा एयरपोर्टमा देखिएका थिए । विवाहपछि कट्रिना कैफ एक पटक फेरि आफ्नो काममा फर्किएकी छिन् ।त्यस्तै डिसेम्बर २०२१ मा विक्की कौशलसँग विवाह गर्नुअघि पनि कट्रिना सुटिङको लागि विदेशमा थिइन् जहाँ सलमानसँग टाइगर ३ को सुटिङ गरिरहेकी थिइन् ।

अभिनेत्रीले गत वर्ष मात्रै विक्की कौशलसँग विवाह गरेकी थिइन् । विवाहपछि यी जोडीका तस्वीर निकै भाइरल भइरहेका छन् । बलिउडका यी जोडीहरु प्रया: सधैँ चर्चामा रहन्छन् । अहिले दुवैले भ्यालेन्टाइन डे सँगै मनाएर आ-आफ्नो काममा फर्किएका छन् ।

 

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भोजपुरी नायिकाले बलिउड अभिनेत्रीलाई टक्कर दिँदै, तस्वीर देखेर उड्नेछ होस् !