अहिलेको समयमा बलिउडका चर्चित अभिनेत्रीको बाल्यकालको तस्वीर सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ । त्यसै क्रममा बलिउडको एक अभिनेत्रीको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा उनी आफ्नी बहिनीलाई काखमा बोकेर बसेको देखिन्छ यी यो सुन्दर अभिनेत्रीलाई धेरै कम मानिसले चिन्न सकेका छन् ।
कृति सेनन बलिउडको एक सुन्दर तथा चर्चित अभिनेत्री हुन् । जसले आफ्नो कडा मेहनतका आधारमा फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । बलिउडमा बबलीको नामबाट चर्चामा आएकी अभिनेत्री कृति सेननका फ्यानको सङ्ख्या आज करोडमा छ । कृति सेननको पनि सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ छ ।
कृति प्राय: सधैँ जस्तो सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्छिन् । यसै क्रममा कृति सेननले उनको बाल्यकालको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनको क्यु-टनेस देख्न सकिन्छ । अहिले कृतिको बाल्यकालको तस्वीर असामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । जसमा कृतिले आफ्नी बहिनी नूपुरलाई काखमा बोकेकी छन् । तस्वीरमा दुवै दिदी बहिनी एकदमै निर्दोष र धेरै क्यूट देखिएका छन् ।
कृतिले बलिउड क्षेत्रमा फिल्म ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जसमा उनी बलिउडका पछिल्लो समयको चर्चित अभिनेता टाइगर श्राफको साथमा देखिएकी थिइन् । अबको दिनमा अभिनेत्री कृति सेनन अक्षय कुमारसँग ‘बच्चन पाण्डे’ मा देखिने छिन् । साथै उनी प्रभाससँग ‘आदिपुरुष’ र टाइगर श्राफसँग ‘गणपथ’ मा पनि देखिनेछिन् ।