काठमाडौँ : बिग बोस १३ फेम भारतीय अभिनेत्री शहनाज गिल भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै चर्चित छिन्। विशेषगरी उनी सामाजिक सञ्जालमा धेरै नै लोकप्रिय छिन्। शहनाजका फ्यानहरूले प्रायः उनका हरेक पोस्टलाई औंधी मन पराउँछन्। हालै शहनाजको एक नेपाली फ्यानले उनको नामको ट्याटु खोपाएकी छिन्। यसका साथै उनले एक खास बाचा पनि गरेकी छिन्।
हँसिली-रसिली स्वभावकी शहनाज गिललाई उनको स्वभावको कारण धेरैले मन पराउँछन्। नेपालमा भारतीय सिनेमा उद्योगको प्रत्यक्ष प्रभाव पर्छ। भारतमा कुनै फिल्म रिलिज भएलगत्तै नेपालमा पनि त्यो फिल्म रिलिज हुन्छ। नेपालमा धेरै बलिउडप्रेमीहरु छन्। त्यस्तै नेपालकी एक युवतीले शहनाजको अभिनयबाट प्रभावित भई उनको नामको ट्याटु खोपाएकी छिन। उनले आफ्नो नेकलाइनमा शहनाज गिलको नाम ट्याटु खोपी लेखाएकी छिन्। सामाजिक सञ्जालमा पछिल्लो समय यो भिडियो भाइरल भईरहेको छ।
शहनाजको फ्यानको यो भिडियो ट्वीटरमा शेयर गरिएको छ। भिडियोसँगै क्याप्सनमा लेखिएको छ – ‘म कसम खान्छु कि तपाईलाई सधैँ माया गर्छु, तपाईलाई साथ दिनेछु। आज जीवनभरीको लागि तपाईको नाम लेखेकी छुँ। शहनाज गिल, यो नाम बिग बोस १३ बाट सुरु भएको थियो र अब मेरो जिन्दगी बनेको छ। तपाईको नेपाली फ्यान, क्वीन सना। ‘
भिडियो यहाँ हेर्नुहोस् : –
“I promise to love you forever 🤗 @ishehnaaz_gill Hamesa support karungi 🤞 ❤️ AAJ life time k Liye tumara name likh Liya #ShehnaazGill ye name #BB13 se suru huwa thaa or ab Meri jindagi ban gayi hai 🥺🥺 tumari Nepali fan……. Queen
👑 SANA#ShehnaazinsKiShehnaaz pic.twitter.com/QTEDsXa83n— Shehnaazgill Fc Nepal 🇳🇵 (@QueenLoveSana1) February 11, 2022