गायिका नेहाले यसरी मनाइन भ्यालेन्टाइन डे, सार्वजनिक गरिन् यस्ता तस्वीर: ८ तस्वीर सहित !

आज भ्यालेन्टाइन डेमा सबै प्रेम जोडीले आफ्नो प्रेम व्यक्त गरिरहेका छन् । प्रेममा परेकाहरुलाई यस दिन कुनै महान चाड भन्दा कम छैन । आजको दिनमा समस्या मानिस देखि ठूला-ठुला कलाकारहरु पनि प्रेम दिवस मनाइरहेका छन् । यस अवसरमा केही बलिउड क्षेत्रका स्टार तथा गायक गायिका नेहा कक्कडको भ्यालेन्टाइन डे मनाएका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यही क्रममा बलिउड क्षेत्रको चर्चित गायिका नेहा कक्कडले पनि आफ्नो पति रोहनप्रीतसँग प्रेम दिवस मनाउँदै गरेको तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छिन् । अहिले नेहाले तस्वीर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् ।

‘उनले आफ्नो नेहालाई विशेष महसुस गराउने कुनै पनि मौका कहिल्यै गुमाउँदैनन्, म तिमीलाई माया गर्छु रोहनप्रीत सिंह।” साथै भ्यालेन्टाइन डे को शुभकामना’

अहिले नेहाले सामाजिक सञ्जालमा पोस्ट गरेको उनको यी तस्वीर निकै भाइरल भएको छ । साथै फ्यानहरुले नेहालाई प्रेम दिवसको शुभकामना दिनुको साथै तस्वीरमा लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

नेहाको बिहेपछि दुवै जोडीले आफ्नो हरेक पललाई प्रेमका साथ विशेष बनाएका छन् । त्यस्तै नेहाले इन्डियन आइडल सिजन १२ बिचमा नै छोडेकी थिइन्, जसका कारण उनले श्रीमान्लाई समय दिन नसकेको कारण भनेकी थिइन्, जसबाट यो प्रष्ट हुन्छ । कि दुबैले एकअर्कालाई धेरै माया गर्छन्।

तस्वीर स्रोत: नेहा कक्कड इन्स्टाग्राम

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नायिका रेखा थापाले गरिन् दोस्रो विवाह