नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री रेख थापा विवाह बन्धनमा बाधिएकी थिइन् । केही समय पहिले सामाजिक सञ्जाललाई अन्तर्वार्ता दिने क्रममा उनि बैशाखमा विवाह गर्ने बताउँदै आएकी थिइन् ।
सामाजिक सञ्जालका अनुसार अभिनेत्रीले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि नै कोर्ट म्यारिज गरेको बताइएको छ । नेपाली चलचित्र क्षेत्रमा नायक सरहको भूमिका निभाएकी अभिनेत्री रेखाको यो दोस्रो विवाह हो । उनको पहिलो विवाह फिल्म निर्माता छविराज ओझासँग भएको थियो र यो सम्बन्ध करिब एक दशक पहिले विच्छेदमा परिणत भएको थियो ।
अभिनेत्री रेखाले करिब २३ वर्ष पहिले फिल्म आफ्नो अभिनय यात्राको सुरुवात गरेकी थिइन् । र अहिले अभिनय क्षेत्रमा उनको नाम नै पर्याप्त हुने गर्दछ ।
यी पनि पढ्नुहोस्
के नायक अनमोल केसीले पाएको मेगास्टारको उपाधि हराएकै हो त?
अहिलेको समयमा बलिउड तथा दक्षिण भारतका स्टारलाई उनीहरुको नामको अगाडी विभिन्न उपाधि दिने प्रचलन बढेको छ । पछिल्लो समयमा हिन्दी चलचित्र क्षेत्रमा जस्तै नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीलाई पनि कुनै न कुनै उपाधि दिइने गरिन्छ । त्यस्तैमा नायक राजेश हमाललाई महानायकको उपाधि दिएकोमा केही समय पहिले केही कलाकार तथा पत्रकार विवादमा आएका थिए ।
त्यस्तै फिल्म ‘आप्पा’ बाट दयाहाङ राई र ‘लप्पन छप्पन २’ को ट्रेलरबाट सौगात मल्ललाई ‘सुपरस्टार’ को उपाधि दिएको थियो ।माघ ३० गतेबाट नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । टस भन्दा पहिलेको सिरिज ‘ए मेरो हजुर ३’ मा मेगा स्टारको उपाधि पाएका अनमोल केसी अहिले चौथो सीरिजमा भने उनले सिरिज ३ मा पाएको उपाधि गुमाएका छन् ।
जब फिल्म’ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको थियो त्यस समयमा अनमोललाई मेगास्टारको उपाधि दिएको थियो ।जब नायक अनमोललाई मेगास्टारको उपाधि दिएको थियो त्यस समयमा केही मानिसले अनमोललाई दिएको उपाधिको स्वागत गरेका थिए भने केही मानिसले अभिनेता अनमोललाई अहिले नै यो उपाधि दिने समय नभएको बताएका थिए । केही समय पहिले महानायकको चक्करमा लाग्दा विवादमा फसेको देखेर फिल्म ‘ए मेरो हजुर ४’ को निर्माण टिमले यस पटक अनमोललाई मेगास्टारको उपाधि भिराउन नचाहेको देखिन्छ ।
साथै केही समय विभिन्न कार्यक्रममा नायक अनमोललाई मेगास्टारले सम्बोधन पनि गरियो तर अहिले पछिल्लो समयमा अनमोलले उनलाई मेगा-स्टार भनेको नरुचाएका हुन् या उनालाई यस उपाधिको लायक सम्झेनन् । त्यस्तै शुक्रबार चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको सार्वजनिक कार्यक्रममा पनि अनमोललाई मेगा स्टारको उपाधिले सम्बोधन गरिएन ।