जस्टिन बिबरको कन्सर्टपछिको पार्टीमा गो;_ली हा;नाहा;’न, र्‍यापर कोडक ब्ल्याकसहित ३ घाइते

एजेन्सी : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाको लस एन्जलसमा जस्टिन बिबरको कन्सर्टपछि भईरहेको पार्टीमा भेन्युबाहिर गोली हानाहान भएको छ। यस घटनामा तीन जना घाइते भएको बताईएको छ। जस्टिन बिबरको यो पार्टीमा उनकी श्रीमती हेली बाल्डविन सहित धेरै ठूला सेलिब्रेटीहरु उपस्थित थिए। मिडिया रिपोर्ट्स अनुसार रेस्टोरेन्ट द नाइस गाई बाहिर झगडाको क्रममा गोली चलाइएको थियो।

गोलीकाण्डमा घाइते भएका अमेरिका र्‍यापर कोडक ब्ल्याक र अन्य दुई जनालाई अस्पताल भर्ना गरिएको छ । हालसम्म घटनामा संलग्नको बारेमा कुनै जानकारी प्राप्त नभएको र अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ। रिपोर्ट्स अनुसार पार्टी क्यालिफोर्नियाको वेस्ट हलिउडको प्यासिफिक डिजाइन सेन्टरमा जस्टिन बिबरको परफर्मेन्सपछि पार्टी थियो। पार्टीमा ड्रेक, लियो डिक्याप्रियो, केन्डल जेनर र कोहल कार्दशियन जस्ता धेरै सेलिब्रेटीहरू उपस्थित थिए।

मिडिया रिपोर्ट्स अनुसार कोडक ब्ल्याक द नाइस गाई रेष्टुरेन्ट बाहिर केही मानिसहरुसँग उभिरहेको बेला झगडा सुरु भएको थियो। झगडाको क्रममा खिचिएको एक भिडियो सार्वजनिक भएको छ, जसमा सडकमा मानिसहरुको भीड जम्मा भएको छ र अचानक मानिसहरु गाडीमा चढ्न थाल्छन्। त्यसपछि झगडा सुरु हुन्छ र केहीछिनपछि गोलीको आवाज सुनिन्छ र भीडमा भागदौड मच्चिन्छ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अचम्मै राम्री छिन् अल्लू अर्जुनकी पत्नी स्नेहा, लोभलाग्दो सुन्दरताले जित्छ जोकोहीँको मन