हास्य टेली सिरियल ‘सक्किगोनी’ बाट हरेक मानिसको घर-घरमा चर्चामा आउन सफल कलाकार रक्षा श्रेष्ठ पछिल्लो समयमा आमा बने पछि झनै चर्चामा आएकी छिन् । रक्षा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।
अहिले कलाकार रक्षाले सामाजिक सञ्जाल इन्स्टग्राममा केही तस्वी सार्वजनिक गरेकी छिन् । जसमा रक्षालाई निकै सुन्दर देखिएको छ । केही समयको अन्तराल पछि रक्षा अहिले पुन: सक्किगोनीमा फर्केकी छिन् । रक्षाले ‘सक्किगोनी, को साथै केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् ।
यति बेला रक्षाले सार्वजनिक गरेका उनको तस्वीर निकै भाइरल भइरहेको छ । रक्षाले ‘सक्किगोनी’ बाहेक विभिन्न म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । अभिनयको कुरा गर्ने हो भने ‘सक्किगोनी’ मा रक्षाको अभिनयलाई निकै मन पराइन्छ र उनको अभिनयको निकै तारिफ भएको पाउन सकिन्छ ।
त्यस्तै ‘सक्किगोनी’ रक्षाको प्रेमीको भूमिकामा देखिएका कुमार कट्टेल (जिग्री ) र रक्षाले एक म्युजिक भिडियो सँगै काम गरेका थिए जुन केही समय पहिले युट्युबमा निकै मन पराइएको थियो ।
अहिले रक्षाले सार्वजनिक गरेका यी तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । जसमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
तस्वीर स्रोत: रक्षा श्रेष्ठ इन्स्टाग्राम