एक्ली आमाकी छोरी अनि दुई छाक टार्न धौ-धौ भएपछि १६ वर्षदेखि यस्तो काम गर्नुपर्यो रश्मिले

एजेन्सी : भारतीय टेलिभिजन उद्योगकी सुन्दर अभिनेत्री रश्मि देसाईले आइतबार १३ फेब्रुअरीमा आफ्नो ३६ औँ जन्मदिन मनाएकी छिन्। रश्मिले आफ्नो करियर बनाउनको लागि निकै सङ्घर्ष गरेकी छिन। आर्थिक अभावको कारण रश्मिले १६ वर्षको उमेरदेखि नै काम गर्न सुरु गरेकी थिईन्।

एक अन्तर्वार्तामा रश्मि देसाईले आफ्नो एकल आमा भएको बताईन्। उनले भनिन् –  ‘एक समय थियो हामीसँग दुईछाक टार्नको लागि पनि पैसा थिएन्। हाम्रो पेट भर्नको लागि आमा एक्लै दिनरात नभनी मेहनत गर्नुहुन्थ्यो। त्यसैले मैले १६ वर्षको उमेरदेखि नै कमाउन थाले।’

रश्मि देसाईले बी ग्रेड फिल्मदेखि बलिउड फिल्म र टिभी सिरियलहरुमा काम गरेकी छिन्। रश्मि देसाईले आफ्नो वास्तविक पहिचान सन् २००८ को हिन्दी सिरियल ‘उत्तरन’बाट पाएकी थिइन्। यस सिरियलमा रश्मिले तपस्याको भूमिका निभाएकी थिईन्।

रश्मि पहिले श्याम वर्णकी, हेर्दा सोझी देखिन्थिन्, तर अहिले उनी निकै ग्लामरस र बो_;ल्ड देखिन्छिन्। रश्मि बिग बोस १३ र बिग बोस १५ मा पनि सहभागी भएकी थिईन्। यसबाहेक उनले खतरों के खिलाडी ६ मा पनि सहभागिता जनाएकी थिईन्।

रश्मि आफ्नो व्यवसायिक जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि धेरै चर्चामा हुन्छिन्। रश्मि फेब्रुअरी २०१२ मा कोस्टार नन्दीश सिंह सन्धुसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। यी दुईको भेट टिभी शो उत्तरनको सेटमा भएको थियो र त्यहीँबाट सम्बन्ध अगाडि बढ्यो। तर विवाह भएको ४ वर्षपछि दुवै अलग्गिए।

रश्मि देसाई परी हूं मैं, मीत मिला दे, श्श्श…फिर कोई है, कमेडी सर्कस, महासंग्राम, जरा नचके दिखा, क्राइम पेट्रोल, बिग मनी, किचन च्याम्पियन सीजन २, कमेडी का महामुकाबलामा पनि देखिएकी छिन्। रश्मि सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीहरुका गन्तीमा पर्छिन्।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म रिलिज मिति नजिकिएसँगै सुहानाको बढ्यो चहलपहल, पोस्ट गर्न थालिन् यस्ता फोटोहरु