एजेन्सी : पूर्व एडल्ट स्टार मिया खलीफाले इन्स्टाग्राम पोस्टमार्फत आफूलाई घृणा गर्नेहरूलाई चेतावनी दिएकी छन्। त्यसपछि उनका तस्बिर भाइरल भएको छ। यद्यपि पछि अर्को पोस्ट गरेर उनले हेटर्सलाई सही भनेकी छिन्।
डेली स्टारमा प्रकाशित रिपोर्टका अनुसार मिया खलीफा बेडरुममा वार्डरोब अगाडि उभिएकी छिन्। उक्त तस्बिरको क्याप्सनमा उनले लेखेकी छिन् – ‘हेटर्सले भन्नेछन् कि यो एङ्गलको कमाल हो।’
तर केही समयपछि मिया खलीफाले अर्को पोस्ट गरिन्। जसमा उनले लेखिन् – ‘हो, उनीहरु सही हुन्।’
सामाजिक सञ्जालमा भूतपूर्व एडल्ट स्टार मिया खलीफालाई चाहनेवालाहरुको सङ्ख्या लाखौँ-करौडौं छन्। मिया खलिफाको इन्स्टाग्राममा २ करोड ७० लाख भन्दा बढी फलोअर्स छन् र उनले ७६० जनालाई फलो गर्छिन्।
केही दिन अघि सामाजिक सञ्जालमा मिया खलीफाको असामयिक मृत्युको अफवाह फैलिएको थियो। त्यसपछि उनले आफू जीवित रहेको दाबी गर्नुपर्यो। यद्यपि फेसबुकले अझैँ पनि उनलाई मृत मानेको छ।