रातारात भाइरल भएकी बिना राउतको लोभलाग्दो सौन्दर्यता, हेर्नुस् तस्बिरमा

काठमाडौँ : बिना राउत टिकटकबाट उदाएकी कलाकार हुन्। टिकटकमा रातारात भाइरल भएपछि उनले नेपाली म्यूजिक भिडियो क्षेत्रमा कदम राखिन्। टिकटकमा उनको र सरोजको जोडी हिट भएपछि उनीहरुको जोडी थुप्रै म्युजिक भिडियोहरुमा पनि जमेको छ। पछिल्लो समय बिनाको व्यस्तता ह्वात्तै बढेको छ। उनलाई अहिले म्युजिक भिडियोमा काम गर्न भ्याईनभ्याई छ।

उनले हालसम्म १३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन्।

‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’, ‘तिमीलाई भेट्न’,  ‘क्या बबाल’, ‘तोरी तेल लाएर’,  ‘घन्किदे मादलु, रुदा रुदै’,  ‘अर्को जुनी’, ‘भैगो माया लाउँदिन’, ‘अक्कले’ उनले अभिनय गरेका केही म्युजिक भिडियोहरु हुन् ।

सामाजिक सञ्जालमा बिनाको लोभलाग्दो क्रेज छ। उनलाई सामाजिक सञ्जाल टिकटकमा लगभग ८ लाख ८९ हजारले फलो गरेका छन्। उनले टिकटकमा भिडियो अपलोड गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राख्दिनन्। हेरौँ  उनका लोभलाग्दो सुन्दरताका केही तस्बिरहरु…

प्रकाशित : शनिबार, माघ २९, २०७८१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हलिउड एक्टरसँग ज्याक्लिनको रोमान्स, देखिईन् अहिलेसम्मकै सबैभन्दा ह;_ट अवतारमा