काठमाडौँ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘ड्रिम्स’ नेपाली सिनेमा जगतमा कदम राखेकी हुन्। पहिलो फिल्म ‘ड्रिम्स’ र दोस्रो फिल्म ‘ए मेरो हजुर २’ ले उनलाई लोभलाग्दो लोकप्रियता र प्रसिद्दि दिलायो। त्यसपछि उनी निर्माता तथा निर्देशकका नजर पर्न थालिन् र भटाभट फिल्मका प्रस्तावहरु आउन थाले। तर उनी अभिनित ‘इन्टु मिन्टु लण्डनमा’, ‘कायरा’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ लगायतका फिल्महरु निर्माताहरुले सोचेजस्तो सफल हुन् सकेनन्। अहिले उनी चलचित्र ‘ह्यारीकी प्यारी’को सूटिङमा व्यस्त छिन्।
View this post on Instagram
चलचित्रको सूटिङ पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ। यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न पाइने भएको छ। हास्य कलाकार जीतु नेपालको मुख्य भुमिका रहने फिल्ममा साम्राज्ञी जीतुको जोडीको रुपमा देखिन लागेकी हुन्।
View this post on Instagram
फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ ।
View this post on Instagram
कामको व्यस्तताको बीच अभिनेत्री साम्राज्ञी सामाजिक सञ्जालमा पनि व्यस्त रहन्छिन्। ६ लाख ४७ हजार फलोअर्स भएको सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी बेला-बेलामा आफ्ना बो_;ल्ड तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्। शुक्रबार उनले कामुक अवतारमा आफ्नो तस्बिरहरु पोस्ट गरेकी छिन। जुन तस्बिरहरुमा उनको लोभलाग्दो अवतारले राम्रै प्रशंसा पाईरहेको छ। पछिल्लो समय नेपाली सिनेमा जगतमा अभिनेत्रीहरुलाई चिसो मौसममा बो_ल्ड बन्ने भूत चढेको छ। शायद अभिनेत्री साम्राज्ञीलाई पनि यहीँ भूतले च्यापेको हुनुपर्छ।
View this post on Instagram