एजेन्सी : बलिउड अभिनेत्री मृणाल ठाकुर ती अभिनेत्रीहरुका सूचीमा पर्छिन्, जो पहिले टिभीको दुनियाँको चम्किए र त्यसपछि बलिउडमा आएर पनि आफ्नो भाग्य चम्काए। मृणालले टेलिभिजनको क्षेत्रमा सफल र स्थापित भएपछि बलिउडमा राखिन् र बलिउडमा पनि उनले लोभलाग्दो सफलता हासिल गरिन्। हरेक मानिसको जीवनमा कठिनाई आउँछ। मृणालको जिन्दगीमा पनि आएको थियो। हालै उनले वर्षौँदेखि गुम्सिएका मनका कुराहरु खोलेकी छिन्। उनले आफू किशोरावस्थामा हुँदा आ;_त्मह;_*त्या गर्ने सोच आएको बताईन्।
मृणालले भारतीय पत्रकार रणवीर अल्लाहबादियालाई दिएको एक अन्तर्वार्तामा भनिन् – ‘मैले ब्याचलर अफ मास मिडिया पढ्नको लागि बुबाआमालाई फकाउन धेरै सङ्घर्ष गर्नुपरेको थियो। जब मैले बुबाआमालाई मनाएर पढ्न थाले तब मलाई आफूमाथि शंका लाग्न थाल्यो। मेरा आमाबुबा म डेन्टिस्ट भएको हेर्न चाहन्थे तर म क्राइम जर्नालिस्ट बन्न चाहन्थे ताकि म टिभीमा आउन सकूँ।’
१५-२० वर्षको उमेर निकै गाह्रो हुने मृणालले बताइन्। मानिसहरु आफूलाई खोज्ने प्रयास गर्छन्। जो मानिसहरुले आफ्नो इच्छा-आकांक्षालाई भेट्टाउन सक्दैनन्, तिनीहरुलाई आफूलाई सानो महसुस गर्छन्। अनि त्यतिबेला मानिसहरुका दिमागमा आ;_त्मह;_*त्याको सोच आउँछ। आफ्नो बारेमा बताउँदै मृणालले भनिन् – ‘म लोकल ट्रेनमा यात्रा गर्थे। म ढोकामा उभिन्थे र कहिलेकाहीँ यहीँबाट हा;-म फा;लु कि भन्ने सोच आउँथ्यो।’
मृणालले आफूमा त्यतिबेला धेरै जिम्मेवारी रहेको बताइन् । त्यतिबेला सोच्थेँ कि यदि मैले यो राम्रो गरिन् भने म कतै रहनेछैन। मलाई लाग्थ्यो कि २३ वर्षको उमेरमा मेरो विवाह हुनेछ र मेरा बच्चा हुनेछन्। जो म गर्न चाहन्नथे। म केही अलग गर्न चाहन्थे। त्यतिबेला मैले धेरै ठाउँमा अडिसन पनि दिएकी थिई। त्यतिबेला मलाई म केही कामको नभएको जस्तो महसुस भएको थियो।