एजेन्सी : आज हामी केही यस्ता बलिउड सेलिब्रेटी र फिल्मको बारेमा चर्चा गर्छौँ, जसको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ। यो सूचीमा पहिलो नाम बलिउडका बादशाह शाहरुख खानको आउँछ, जसको नाम सन् २०१३ मा सर्वाधिक कमाई गर्ने बलिउड स्टार्सको सूचीमा शीर्ष स्थानमा थियो। फोर्ब्सको सूची अनुसार शाहरुखले सन् २०१३ मा २२०.५ करोड रुपैयाँ कमाएका थिए। जसकारण उनको नाम गिनिज वर्ल्ड रेकर्ड्समा दर्ता भएको थियो।
सोही वर्ष अभिनेत्री कट्रिना कैफको नाम पनि गिनिज वल्र्ड रेकर्ड्समा दर्ता भएको थियो। मिडिया रिपोर्ट्स अनुसार कट्रिनाले पनि सन् २०१३ मा बलिउड अभिनेत्रीको श्रेणीमा ६३.७५ करोड रुपैयाँ कमाई गरेकी थिईन्।
यो सूचीमा अब पालो अभिनेता अभिषेक बच्चनको पालो आउँछ। मिडिया रिपोर्टका अनुसार २००९ मा फिल्म ‘दिल्ली ६’ को प्रमोशनको सिलसिलामा अभिषेक बच्चनले १२ घण्टामा धेरै शहरहरु भ्याएका थिए। जसकारण उनको नाम गिनिज वर्ल्ड रेकर्ड्समा समावेश भयो। यहीँक्रममा अब पालो आउँछ गायिका आशा भोस्लेको। चर्चित गायिका आशा भोस्लेले नेपालीसहित २० भन्दा बढी भाषाका ११ हजार भन्दा बढी गीत गाएर गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएकी छिन्।
ऋतिक रोशन र अमिषा पटेलको फिल्म ‘कहो ना प्यार है’ को नाम पनि गिनिज वर्ल्ड रेकर्ड्समा समावेश छ। यो फिल्मलाई दर्शकलाई यति धेरै मन पराए कि यो फिल्मले १०२ अवार्ड्स पाएको थियो। जसकारण यो फिल्मको नाम पनि गिनिज वर्ल्ड रेकर्ड्समा लेखियो।