फिल्म ‘पुष्पा’ हेरेपछि आलियाको अल्लु अर्जुनसँग काम गर्ने इच्छा

अहिले बलिउड अभिनेत्री आलिया भट्टको एक भनाइ सामाजिक सञ्जालमा भाइरल भएको छ आलियाले भनेकी छिन् । ‘ मेरो सम्पूर्ण परिवारले फिल्म ‘पुष्पा’ हेरेको छन् र उनीहरु अल्लु अर्जुनको फ्यान भएका छन् । मेरो परिवारले मलाई सोधिरहेको छ कि मलाइ कहिले अल्लु अर्जुनको साथमा काम गर्ने अवसर मिल्छ । मलाइ मेरो परिवारमा आलू भन्छन् । यदि मैले उहाँसँग काम गर्ने मौका पाएँ भने म निकै खुसी हुनेछु ।

कोरोनापछि केही फिल्म हलमा चले तर खासै दर्शक तान्न सफल हुन सकेका थिएनन् । तर जहिलेबाट हलहरुमा फिल्म ‘पुष्प’ लाग्यो फिल्म हेर्ने दर्शकको भिड देख्न सकिन्थ्यो । भारतक सुपर स्टार अल्लु अर्जुनको लोकप्रियता अहिले भारतमा मात्र नभई संसार भर पाउन सकिन्छ । आल्लुको अभिनयको साथै एक्सनले मानिस हरुलाई मोहित बनाउने गरेको छ ।

आलियाले फिल्म ‘आरआरआर’ मा दक्षिण भारतका चर्चित अभिनेता रामचरण र एन्टीआरसँग काम गरिसकेकी छिन् । फिल्म ‘आरआरआर’ अहिले रिलिजको तयारीमा रहेको छ । यस फिल्मको ट्रेलर भने रिलिज भइसकेको छ । भने फिल्म रिलिज हुने तयारीमा रहेको छ ।

 

प्रकाशित : बुधबार, माघ २६, २०७८१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुन्द्री किनारामा बिकिनीमा बिछट्टै राम्री देखिईन् अदिति, हेर्नुस् ८ तस्बिर