भ्यालेन्टाइन डे स्पे-शल: कसैलाई प्रेम प्रस्ताव गर्न जाँदै हुनुहुन्छ, जान्नुहोस् यी महत्त्वपूर्ण कुराहरू

यदि कसैलाई पनि प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा पहिले उसको स्वभाव र मन पर्ने र मन नपर्ने कुराहरू जान्नुहोस्। जसले गर्दा तपाईको काममा सफलता मिल्ने सम्भावना बढ्नेछ।

अहिले भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । ७ फेब्रुअरी बाट सुरु भएको प्रेम सप्ताह १४ फेब्रुअरीमा अन्त्य हुनेछ । यी ७ दिनहरु प्रेम गर्ने हरुलाई कुनै महान चाडभन्दा कम छैन। धरै मानिसले यो समयमा आफूलाई मन परेको मानिसलाई प्रेम प्रस्ताव राख्ने योजना बनाएका हुन्छन् । त्यस्तै तपाई पनि यस समयमा कसैलाई प्रेम प्रस्ताव राख्न योजनामा हुनुहुन्छ भने धेरै कुरामा ख्याल राख्न पर्ने हुन्छ ।

प्रेम प्रस्ताव राख्नको लागि सबैभन्दा पहिले उसको बारेमा केही महत्त्वपूर्ण कुराहरू जान्नुपर्छ। किनभने उसबाट सकारात्मक जवाफ आउने सबैको चाहना हुन्छ । त्यसैले आफूले प्रेम प्रस्ताव राख्ने मानिसलाई मन पर्ने कलर, खान उसको व्यक्तित्व र रुचि आदिको बारेमा जान्नु निकै आवश्यक हुन्छ ।

यस अघिका २ वर्षमा प्रेम दिवस खासै रौनक देखिएको थिएन । कोरोना महामारीको कारण मानिस हरुले निकै दुख पाएका थिए । तर यस वर्षमा भने विगतको भन्दा केही फरक हुने स्थिति देखिएको छ । विगतको वर्षको तुलनामा यस वर्ष गुलाबको फूलको माग पनि बढेको छ ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमेरिकीको सातो खाने त्यो ४० मिनेट, चारैतिर मच्चिएको थियो खैलाबैला