सन् १९७१ मा एक दिन अमेरिकाका सबै टेलिभिजन र रेडियो स्टेसनको प्रसारण परमाणु युद्ध सुरु हुनै लागेको एक आपत्कालीन सन्देशले अवरुद्ध हुन पुगे । अमेरिकामा परमाणु हतियारले आक्रमण हुने नै भए के हुने थियो ? परमाणु हतियार आक्रमणको पूर्वजानकारी दिने गरी अमेरिकाले चेतावनी सूचक प्रविधि जडान गर े को थियो तर त्यसले सधैँ राम्रोसित काम गरेन। सन् १९७१ फेब्रुअरी २० मा ४० मिनेटभन्दा बढी समय चेतावनी सूचक प्रणाली असफल भयो , जसकारण परमाणु युद्ध सुरु हुनै लाग्यो भनी अमेरिकामा चारैतिर खैलाबैला मच्चियो। सन् १९५१ देखि अमेरिकाले सधैँ विद्यमान टेलिभिजन र रेडियो स्टेसनहरू तथा हाल मोबाइल फोनहरूलाई आपत्कालीन अवस्थामा सूचना सम्प्रेषणका लागि प्रयोग गरि ँदै आएको छ ।
शीतयुद्ध कालमा परमाणु हमलाको त्रासबीच यस प्रणालीको विकास गरिएको थियो । अमेरिका र सोभियत सङ्घबीच सम्बन्ध चिसिँदै जाँदा अमेरिकी सुरक्षा अधिकार ीहरूले यस्तो प्रणाली विकास गर्ने निर्णय गर े जसले अमेरिकी जनतालाई सूचना दिने मात्र होइन, खतर ा उत्पन्न गर्ने सोभियत विमानहरूलाई समेत भ्रमित पार्न सकोस् । अमेरिकीहरूले कोनेलराड नामको एउटा प्रणाली विकास गर े , जसले अमेरिकाको आकाशमा रेडियो सङ्केत पछ्याउँदै उडान भर्न खोज्ने विमानलाई र ो क्ने को शिसमा तत्काल सबै र े डियो स्टेसनहरूलाई बन्द गर्ने अनि नागरिक सुरक्षा सूचना सम्प्रेषणका लागि तोकिएका स्टेसनलाई सक्रिय बनाउने गर्दथ्यो।
सन् १९६३ मा यस प्रणालीलाई स्तरोन्नति गरी इमर्जेन्सी ब्रोडकास्ट सिस्टम भनियो । यस नयाँ प्रणालीको उपयोग राष्ट्रिय आपत्कालीनका अवस्थामा तथा स्थानीय स्तरमा मौसम र प्राकृतिक विपत्तिका बारेमा सूचना सम्प्रेषण गर्नका लागि हुनसक्छ । यदि राष्ट्रिय स्तरमा आपत्कालीन अवस्था आइपर्ने भयो भने कोलोराडो स्प्रिङ्गसको चेयने पहाडभित्र रहेको अमेरिकाको एयरो स्पेस डिफेन्स कमान्ड सेन्टर (नोर्ड)को नेसनल वार्निङ सेन्टरबाट देशभरि एकै चोटि आपत्कालीन चेतावनी सम्प्रेषित हुने गर्दथ्यो ।
जसै आपत्कालीन चेतावनी जारी हुन्थ्यो त्यसको १० मिनेटभित्र राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गर्ने व्यवस्था रहिआएको थियो । अमेरिकामा प्रत्येक शनिबार यस प्रणालीको परीक्षण हुने गर्दथ्यो । तर सन् १९७१ मा शनिबारको दिन परीक्षण सन्देश होइन वास्तविक सन्देश विशेष खालको टेलिटाइप सन्देश रेडियो र टेलिभिजनबाट सम्प्रेषित हुन पुग्यो । प्रमाणिक सन्देश आयो : घृणापूर्णता, घृणापूर्णता ।
यो सन्देश आपत्कालीन सक्रियताका लागि थियो , जुन र ाष्ट्रपतिले निर्देशित गर े का थिए । र े डियो र टेलिभिजनका सामान्य प्रसारण तुरुन्तै बन्द हुने भए । आपत्कालीन चेतावनी पुष्टि गर्न त्यस दिनका लागि विशेष कोडका रूपमा घृणापूर्णता (हेटफुलनेस) शब्द चयन गर ी ब्रोडकास्टरहरूलाई पठाइएको थियो । कोड पुष्टि हुनासाथ ब्रोडकास्टरहरू तत्काल सक्रिय भए ।
उनीहरूले आफ्नो नियमित प्रसारण तुरुन्त र ोकेर र ाज्यले लेखेर दिएको विशेष सन्देश पढेर आफ्ना श्रोता र दर्शकलाई सरकारको अनुर ोधमा नियमित कार्यक्रम र ो क्नु परेको जानकार ी दिए । र े डियो स्टेसनहरू बाहिर पनि अवस्था अस्तव्यस्त भयो । के गल्ती भयो भनी श्रोताहरू स्थानीय र े डियो स्टेसन बाहिर नै पुगे । अन्य व्यक्ति अनिष्टको आशङ्कामा टेलिभिजनमा टकटकी लगाएर बसे । त्यतिबेला भियतनाम युद्ध उत्कर्षमा थियो ।
वामपन्थविरुद्ध अमेरिकाको युद्ध अन्नतः परमाणु युद्धमा धकेलिएको त होइन भनी चर्चा पनि हुन थाल्यो ।यसबीच भ्रमित अधिकार ीहरूले भइरहेको घटना बुझ्न नै निकै दौडधूप गर्नु प¥यो । वस्तुस् ि थति स्पष्ट पार्न अधिकार ीहरूले पेन्टागनलाई पनि भने । जब चेतावनी केन्द्रले आफूबाट भएको कार्य महसुस ग¥यो , त्यहाँका कर्मचार ी चेतावनी सूचना सम्प्रेषण र ो क्न आवश्यक पर्ने कोड शब्दका लागि माथापच्ची गर्न थाले । उनीहरूले त्यो पाएनन् । सम्प्रेषण र ो क्न उनीहरूले छ पटक प्रयास गर े तर सफलता पाएनन। //यो लेख युवामञ्च राष्ट्रिय मासिक पत्रिकामा प्रकाशित छ//