एजेन्सी : टाइगर श्रफ(Tiger Shroff) र ऋतिक रोशन(Hrithik Roshan) ले फिल्म ‘वार(War)’ मा सँगै काम गरेका थिए र यो फिल्म ब्लकबस्टर भएको थियो। टाइगर र ऋतिकको जोडी सुपरहिट साबित भयो। अब अक्षय कुमार(Akshay Kumar) र टाइगर श्रफले एकसाथ धमाका मच्चाउने छन्। हालै अक्षय र टाइगरलाई लिएर ‘बडे मियाँ छोटे मियाँ(Bade Miyan Chote Miyan)’ नामक फिल्मको घोषणा भएको छ ।
यी दुई कलाकार पहिलोपटक सँगै फिल्म गर्न लागेका हुन्। अली अब्बास जफर(Ali Abbas Zafar) ले निर्देशन गर्ने यो फिल्म एक एक्सन इन्टरटेनर हुनेछ। अलीले ‘टाइगर जिन्दा है(Tiger Zinda Hai)’ र सुल्तान(Sultan) जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरेका छन्। फिल्मलाई वासु भगनानी(Vashu Bhagnani), ज्याकी भगनानी(Jackky Bhagnani) र दीपशिखा देशमुख(Deepshikha Deshmukh)ले निर्माण गर्नेछन्। फिल्मको अभिनेत्री भने अहिलेसम्म तय भइसकेको छैन।
फिल्मको टिजर मङ्गलबार सार्वजनिक गरिएको छ। टिजरमा अक्षय कुमार र टाइगर श्रफ निकै स्टाइलिस शैलीमा फाइट गरिरहेको देख्न सकिन्छ। टिजर बिल्कुलै हलिउड स्टाइलमा बनाईएको छ।
वासु भगनानीले सन् १९९८ मा यही नामको फिल्म बनाएका थिए। जुन फिल्ममा अमिताभ बच्चन(Amitabh Bachchan) बडे मियाँ र गोविन्दा(Govinda) छोटे मियाँको भूमिकामा देखिएका थिए। यो फिल्म डेभिड धवन(David Dhawan)ले निर्देशन गरेका थिए।
टिजर यहाँ हेर्नुहोस् : –