एजेन्सी : दक्षिण भारतीय सिनेमा जगतका लोकप्रिय अभिनेता रवि तेजा (Ravi Teja) को आउँदो फिल्म ‘खिलाडी(Khiladi)’ यहीँ ११ फेब्रुअरी सन् २०२२ मा रिलिजको लागि तयारी अवस्थामा रहेको छ। फिल्म रिलिज गर्नुअघि फिल्म निर्माताले हालै ‘खिलाडी’ को ट्रेलर रिलिज गरेको छ। ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ र अधिकांस दर्शकहरुले फिल्म ‘सुपरहिट’ हुने दाबी गरेका छन्। ट्रेलरमा देखिएको चु;-म्ब*नको दृश्यले पनि दर्शकको ध्यान तानेको छ।
एक फ्यानले ट्वीट गर्दै लेखेका छन् – ‘ट्रेलर हेर्दा यो फिल्मले बिल्कुलै धमाका मच्चाउने छ।’ त्यस्तै अर्का एक फ्यानले लेखेका छन् – ‘डीएसपी(देवी श्री प्रसाद)ले बनाएको स्पेल कास्टर भिजुयल र रोलर कोस्टर बीजीएमले ट्रेलर शानदार बनेको छ।’ रमेश वर्मा पेनमेत्सा(Ramesh Varma Penmetsa)द्वारा निर्देशित फिल्म ‘खिलाडी’ मा मीनाक्षी चौधरी(Meenakshi Chaudhary) र डिम्पल हयाती(Dimple Hayathi) पनि छन्।
यहाँ हेर्नुस् फिल्मको ट्रेलर : –