अहिले माघ महिनाको गुप्ता नवरात्री चलिरहेको छ । जुन अबको दुई दिनसम्म चल्नेछ । आज गुप्त नवरात्रिको अष्टमी तिथी । तर, अष्टमीको मिति २ दिन परेकाले कतिपयले अष्टमी तिथिलाई भोलि पनि मनाउने गर्दछ्न् । यस गुप्त नवारात्रीमा परेको अष्टमी तिथी माता दुर्गाको आशीर्वाद प्राप्त गर्न विशेष मानिन्छ ।
दुर्गाष्टमीको रात माता दुर्गा माताको कुनै पुरातन मन्दिरमा गएर माताको चरणमा ८ वटा कमलको फूल चढाउनु होस् । यसो गर्दा तपाईको सबै मनोकामना पूरा हुने मान्यता रहेको छ ।
दुर्गाष्टमीको रात घरमा वा दुर्गा मन्दिरमा दुर्गा सप्तशतीको पाठ गर्नुहोस्। यसो गर्नाले घरमा हुने पारिवारिक विवाद हटेर घरमा सुख-शान्ति रहनेछ।
दुर्गाष्टमीको रात १२ बजे घरको मुख्य ढोकामा गाईको घ्यूको दियो बाल्दा सबै ग्रह दोष हटेर दुर्भाग्य सौभाग्यमा परिणत हुनेछ ।
दुर्गाष्टमीको राती देवी मन्दिरमा नबोलिकन मातालाई सोह्र श्रृंगारको समान चढाउनुहोस् । यसले जीवनका सबै समस्याहरू हटाउँछ।
ऋणमा परेका व्यक्तिले दुर्गाष्टमीको दिन माता दुर्गालाई ९ वटा ल्वांग चढाएर माता कालीको दर्शन गर्नुहोस् । यसो गर्नाले केही दिनमै लामो समय देखि भएको ऋणबाट मुक्ति मिल्नेछ।