भोलि फाल्गुण १ गते संक्रान्तिको दिन बन्दैछ दुर्लभ संयोग, तपाईलाई कस्तो प्रभाव पर्ला ?

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार सूर्य देव मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दा कुम्भ संक्रान्ति अर्थात् फाल्गुण संक्रान्तिको संयोग बन्ने गर्दछ। अहिले सूर्य मकर राशिमा विराजमान छ। भोलि फाल्गुन १ गते(१३ फेब्रुअरी) आइतवारको दिन सूर्य कुम्भ राशिमा गोचर गर्नेछ। यो वर्षको कुम्भ संक्रान्तिको शुभ संयोग, शुभ मुहूर्त र यो दिन के-के गर्न शुभ हुन्छ त ? हेर्नुस्।

कुम्भ संक्रान्तिमा बन्दैछ खास संयोग

ज्योतिष शास्त्रका अनुसार यो वर्षको कुम्भ संक्रान्तिमा विशेष संयोग बन्नेछ। यस दिन त्रिपुष्कर र प्रीति योगको विशेष संयोग बन्नेछ। यो दिन गङ्गा नदी या त्रिवेणी सङ्गममा स्नान गर्नु शुभ मानिन्छ।

कुम्भ संक्रान्तिको शुभ मुहूर्त या महापुण्य काल : –

।।। सूर्य कुम्भ राशिमा प्रवेश गर्ने समय : फाल्गुन १ गते, आइतबार बिहान ३ बजेर २६ मिनेटमा ।।। पुण्य कालको सुरुवात – बिहान ६ बजेर ५५ मिनेटबाट  ।।। पुण्य कालको समाप्ति – मध्यान्ह १२ बजेर २० मिनेटमा  ।।। महापुण्य कालको सुरुवात – बिहान ६ बजेर ५६ मिनेटबाट  ।।। महापुण्य कालको समाप्ति – बिहान ८ बजेर २० मिनेटमा  ।।।

कुम्भ संक्रान्तिको दिन के गर्ने ?

कुम्भ संक्रान्तिको नदीमा स्नान गर्दा पुण्य र मोक्ष प्राप्त हुनेछ। सुख-समृद्धि पाउनको लागि यस दिन नदीमा आरती गर्नुपर्छ। ।।। कुम्भ संक्रान्तिको दिन भगवान सूर्यको विधिवत पूजा-अर्चना गर्दा परिवारका सदस्यालाई कुनै आपतविपत आईपर्दैन्। साथै रोगहरुबाट छुटकारा पाउनुहुनेछ। ।।। गरिब तथा असहायलाई संक्रान्तिको दिन वस्त्र या अन्न दान दिँदा दुईगुणा पुण्य मिल्छ। ।।।

प्रकाशित : बुधबार, माघ २६, २०७८१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रिस उठेपछि यी ३ राशिका युवतीहरु लामो समयसम्म हुँदैनन् शान्त, मनाउन हुन्छ निकै मुश्किल !