११०० करोड भारु सम्पत्तिको मालिक हुन् जुनियर एनटिआर, बिहेमै गरे १०० करोड खर्च

एजेन्सी : पछिल्लो समय दक्षिण भारतीय कलाकारहरुका लोकप्रियता दक्षिण भारतमा मात्र सीमित रहँदैन्। दक्षिण भारतीय कलाकारहरु देश-विदेशभर लोकप्रिय छन्। दक्षिण भारतीय लोकप्रिय कलाकारहरुमध्येका एक जुनियर एनटिआर(Jr NTR) आगामी फिल्म आरआरआरमा देखिँदैछन्। लामो समयदेखि चलचित्रप्रेमीहरु यो फिल्मको प्रतीक्षामा छन्। आज हामी तपाईलाई जुनियर एनटिआरका केही रोचक कुराहरु बताउँछौँ।

तेलुगु फिल्म इन्डस्ट्रीमा जुनियर एनटिआरको महत्वपूर्ण योगदान छ। उनको सन् १९८३ मा हैदराबादमा भएको थियो। उनले १० वर्षको उमेरदेखि नै चलचित्रमा काम गर्न थालेका थिए र अहिले उनी टलिउडको सफल अभिनेता हुन्। बाल कलाकारको रूपमा जुनियर एनटिआरको पहिलो फिल्म ब्रह्मश्री विश्वामित्र हो, जुन उनका हजुरबुवा एनटी रामा राव (NT Rama Rao)ले बनाएका थिए। जुनियर एनटिआरको वास्तविक नाम तारक(Tarak) हो जुन उनका हजुरबुवाले बदलेका थिए।

जुनियर एनटिआरको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा उनले सन् २०११ मा लक्ष्मी प्रनाथीसँग विवाह गरेका थिए। लक्ष्मी प्रसिद्ध एवं सफल व्यापारीकी छोरी हुन्। यो विवाह साउथ फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो बिहेमा गनिन्छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विवाहमा करिब १०० करोड रुपैयाँ खर्च भएको थियो। मिडिया रिपोर्ट्स अनुसार लक्ष्मीले विवाहमा लगाएको सारीको मूल्य १ करोड भारु थियो ।

विवाहको सजावटमा मात्रै १८ करोड रुपैयाँ खर्च भएको थियो। विवाहमा लगभग १५००० मानिसहरू उपस्थित थिए। जसमध्ये १२,००० जुनियर एनटिआरका फ्यान मात्र थिए। जुनियर एनटिआर भव्य एवं विलासी जीवनशैलीको लागि पनि चिनिन्छन्। मिडिया रिपोर्ट्स अनुसार उनको कुल सम्पत्ति करिब ११०० करोड भारु रहेको छ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइसँग खाटमा सुतिरहेकी यी बच्ची अहिलेकी बलिउड सुपरस्टार हुन्, चिन्नलाई हुनेछ निकै मुस्किल