भाइसँग खाटमा सुतिरहेकी यी बच्ची अहिलेकी बलिउड सुपरस्टार हुन्, चिन्नलाई हुनेछ निकै मुस्किल

बलिउडका आफूलाई मन पर्ने स्टारको बारेमा जान्न फ्यानहरु निकै उत्साहित हुने गर्दछन् । बलिउड स्टारका फ्यानहरु उनीहरुको जीवनसँग सम्बन्धीत हरेक विषयमा जस्तै आफूलाई मन पर्ने स्टार सानोमा कस्ता देखिन्थे, कहाँ पढेक थिए, कहाँ बस्ने गर्थे आदि विषयमा जान्न निकै उत्साहित हुने गर्दछन् । यस सँगै पछिल्लो समयमा बलिउड स्टारको बाल्यकालको तस्वीर सामाजिक सञ्जालमा चिन्नको लागि चुनौती दिने प्रचलन बढेको छ ।

आज हामी तपाई हरुलाई यस फिल्म स्टारको बल्यकालको तस्वीर ल्याएका छौँ जसलाई नाम चलेका स्टारले पनि चिन्न सकेका छैनन् । तस्वीरमा देखिएकी भाइसँग बेडमा सुतेकी यी युवती आजका चर्चित बलिउड अभिनेत्री हुन्, जसले धेरै हिट फिल्ममा काम गरिसकेकी छिन् । भाइरल भएको यो तस्वीरमा दुई बच्चा बच्ची बेडमा सुतेको देख्न सकिन्छ ।

तस्वीरमा देखिएको बच्चा क्यामेरामा हेर्दै गर्दा बच्ची भने आफ्ना दुवै गालामा हात राखेर अर्को तर्फ हेरिरहेकी छिन् । के तपाई भन्न सक्नु हुन्छ यो गलामा हात राखेर निकै निरास अवस्थामा देखिएकी बच्ची को हुन् । उनी अरु कोही नभएर शक्ति कपुरकी छोरी तथा चर्चित अभिनेत्री श्रद्धा कपुर हुन् । तस्वीर श्रद्धाले आफ्नो इन्स्टाग्राममा खातामा पोस्ट गरेकी छिन् । तस्वीर पोस्ट गर्दै अभिनेत्रीले लेखेकी छिन्, “हामी किन यति निराश देखिरहेका छौँ?”

आजको समयमा अभिनेत्रीलाई बलिउडमा निकै रुचाउने गरिन्छ । श्रद्धाले बलिउडमा छोटो समयमा आफ्नी नाम कमाउन सफल भएकी छिन्। श्रद्धा कपूरले २०१३ मा आएको फिल्म ‘आशिकी २’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, जसमा उनीसँग आदित्य रोय कपूर देखिएका थिए ।

प्रकाशित : सोमबार, माघ २४, २०७८१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड स्टार्सका फोटोशूटका अनौठा तस्बिरहरु, तस्बिर हेर्नुभएमा छुट्नेछ हाँसोको फोहरा