भारतको चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।
करिब एक महिना देखि स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएकी भारतको चर्चित तथा दिग्गज गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दी सिनेमा र संगीत जगत स्तब्ध भएको छ । लता मंगेशकरले ९२ वर्षको उमेरमा अन्तिम सास लिइन् । लता मंगेशकरको निधनको खबरले मनोरञ्जन जगतमा स्तब्ध भएको छ ।
लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गायिकालाई कोरोनाको साथै निमोनिया भएको थियो । गायिका लता मंगेशकरको गायन क्षेत्रमा योगदान अतुलनीय ७८ वर्षको करियरमा लता मंगेशकरले २५ हजार भन्दा बढी गीत गायकी छिन् ।
गायिका लता धेरै अवार्ड हरुबाट सम्मानित भएकी छिन् । उनी तीन पटक राष्ट्रिय पुरस्कार विजेता पनि भइन् । यस बाहेक उनलाई दादा साहेब फाल्के अवार्ड र भारत रत्नबाट पनि सम्मानित गरिएकी थिइन् । लता मंगेशकरले ५ वर्षको उमेर देखि नै काम गर्न सुरु गरेकी थिइन् । जुन उमेरमा स-सान बच्चा खेल्न पढ्ने गर्छन् त्यस उमेरमा लता मंगेशकरले घरको जिम्मेवारी लिएकी थिइन् । उनले आफ्ना दाजुभाइको भविष्यको लागि कहिल्यै विवाह गरिनन् ।