बलिउड अभिनेत्री दीपिका पादुकोण पछिल्लो दिनहरुमा अभिनय भन्दा अभिनेत्रीले लगाएको पहिरनको कारण चर्चामा छिन् । यस समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरले निकै चर्चा पाएको छ । अहिले अभिनेत्रीको हरेक पहिरन चर्चामा आउने गरेको छ । हेर्नुहोस् अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको तस्वीरहरु….
बलिउड अभिनेत्री दीपिका पादुकोणको फेसन सेन्स अहिले निकै रुचाइएको छ । बलिउडका ठूला अभिनेत्रीहरूलाई पनि उनको फेसन सेन्सको नक्कल गर्न मुश्किल छ । अभिनेत्री हरेक समयमा उनको ड्रेशमा केही न केही नयाँ देखाउने प्रयास गरिरहेकी हुन्छिन् ।
हालै दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘गेहेराइयाँ’ को प्रमोशनमा पुगेकी थिइन् । त्यस समयमा अभिनेत्रीले लकाएको पोसाकको अहिले निकै चर्चा भएको छ । यस पोसाकको मूल्यको कुरा गर्दा यो पोसाक निकै महँगो रहेको छ ।
यस तस्वीरमा अभिनेत्री जति सुन्दर देखिएकी छिन् उनले लगाएको पोसाकको मूल्य त्यति नै महँगो रहेको छ । यो पोसाक डेभिड कोमाको वेबसाइटमा उपलब्ध छ। यसको मूल्य रु १,०२,१०० रहेको छ। अहिले अभिनेत्रीको यी तस्वीरमा फ्यानले लगातार लाइक कमेन्ट गरेर अभिनेत्री प्रति माया देखाइ रहेका छन् ।