सबैलाई चकित पार्दै आमा बनेकी अभिनेत्री प्रियंका चोपडा: लामो समयपछि सार्वाजनिक गरिन् यस्तो तस्वीर!

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले आमा बनेपछि पहिलो पटक सामाजिक सञ्जालमा तस्वीर सेयर गरेकी छिन् ।

केही समय पहिले बलिउडको अभिनेत्री प्रियंका चोपडा आमा बनेको खबरले निकै चर्चा पाएको थियो । आमा बनेपछि प्रियंका सामाजिक सञ्जालमा विरलै देखिने गर्छिन् । तर अहिले आमा बनेपछि प्रियंकाको पहिलो पोस्ट देखेर उनका फ्यानहरु निकै खुसी देखिएका छन् । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले २२ जनवरीमा आमाबुवा भएको घोषणा गरेका थिए ।

 

अभिनेत्रीले उनको घरमा सरोगेसी मार्फत बच्चाको आगमन भएको बताएकी थिइन् । त्यस समयमा प्रियंका र निक जोनसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आमा बाबु बनेकोमा बधाई दिएका थिए । अहिलेको समयमा अभिनेत्री प्रियंका चोपडा आफ्नो मातृत्वको आनन्द लिनमा व्यस्त छिन् । त्यस समय यता अभिनेत्रीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट गरेकी थिइनन् ।

 

अहिले प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना दुई तस्वीर शेयर गरेकी छिन्, जसमा उनी कारमा बसेकी देखिन्छिन् । उनले कारको पछाडिको ऐनाबाट आफ्नो सेल्फी खिचेका छन् र यी तस्वीरमा प्रियंकाको अनुहारमा चमक स्पष्ट देखिन्छ । दोस्रो तस्वीरमा अभिनेत्रीले सन-ग्लास लगाएर पोज दिएकी छिन् ।

तस्वीर सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘द लाइट फि:लस राइट’ । यी  तस्वीरमा प्रियंका निकै सुन्दर देखिएकी छिन् ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रेड कलरको बिकिनीमा इलियानाले देखाईन् लोभलाग्दो जिउडाल, ट्वा परे फ्यान्स