एजेन्सी : बलिउड अभिनेत्री इलियाना डिक्रूज(Ileana D’Cruz)ले सामाजिक सञ्जालमा यस्तो तस्बिर शेयर गरेकी छिन्, जुन तीव्र गतिमा भाइरल भईरहेको छ। तस्बिरमा इलियाना रातो रंगको बिकिनीमा सुपरह;-*ट लुकमा देखिएकी छिन्। उनको यो लुक देखेर फ्यान्स ट्वा परेका छन्।
इलियानाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तस्बिर शेयर गरेकी हुन्। तस्बिर शेयर गर्दै इलियानाले क्याप्सनमा हार्ट इमोजी मात्र राखेकी छिन्। तस्बिरमा देखिएको इलियानाको आकर्षक लोभलाग्दो जिउडालले फ्यान्सलाई कायल बनाएको छ।
View this post on Instagram
इलियाना अन्तिम पटक फिल्म ‘द बिग बुल(The Big Bull)’ मा देखिएकी थिइन्, जसमा उनले मीरा राव नामकी पत्रकारको भूमिका निभाएकी थिइन्। फिल्ममा अभिषेक बच्चन(Abhishek Bachchan) मुख्य भूमिकामा थिए। इलियाना चाँडै ‘अनफेयर एन्ड लवली(Unfair And Lovely)’ मा देखिँदैछिन्। यो फिल्ममा उनले रणदीप हुड्डा(Randeep Hooda)सँग स्क्रिन शेयर गर्नेछिन्। यस बाहेक इलियाना रोमान्टिक-कमेडी फिल्ममा पनि देखिने छिन्। फिल्ममा विद्या बालन(Vidya Balan) र प्रतीक गान्धी(Pratik Gandhi) महत्वपूर्ण भूमिकामा हुनेछन्।
इलियाना डिक्रुज सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। हालै इलियानाले आफ्नो एउटा तस्विर शेयर गरेकी थिईन्, जसले खुब चर्चा बटुलेको थियो। उक्त तस्बिरमा इलियाना बेडरूममा सेल्फी खिचिरहेकी थिईन्।