बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही उनको अथक मेहनतको कारण बलिउडमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । नोरा फतेही एक डान्सर भए पनि अहिलेसम्म थुप्रै ठूला-ठूला बलिउड फिल्ममा देखिसकेकी छिन्। नेरा उनको डान्सको साथै व्यक्ति गत जीवनको कारण पनि चर्चामा आउने गरेकी छिन् ।

यसका साथै नोरा समय-समयमा उनले लगाएका पोशाकको कारण पनि चर्चामा आउने गरेकी छिन्। अहिले नोराको एक पुरानो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा नोरा डान्सको एक स्टेप गर्दैछिन् । त्यस समय एक यस्तो घटना घटेको छ जसको कारण नोरालाई सबैको अगाडी लज्जित हुनु परेको छ ।

नोरा फतेही आफ्नो एउटा गीतको छायाँकन गरिरहेकी थिइन्, त्यही क्रममा नोरा फतेहीको पहिरन क्रु मेम्बरका अगाडि खुस्कने क्रममा नायिका तमन्ना भाटियाले उनको लुगा समात्छिन् ।

यस कुराको जानकारी नोराले आफ्नो एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् । उक्त अन्तर्वार्तामा उनले भावुक हुँदै भनिन् ‘त्यति बेला तमन्ना भाटिया नभएको भए सबैका अगाडि मेरो इज्जतमा आँच आउने थियो । यस घटनाको बारेमा बताउँदै नोराले अभिनेत्री तमन्ना भाटियालाई धन्यवाद दिइन् ।



