यी चर्चित अमेरिकी गायिकाले हातमा बनाएकी छिन् संस्कृत शब्दको ट्या:-टु, जान्नुहोस् यसको अर्थ ?

धेरै देशका मानिस नेपालको संस्कृतिमा मोहित भएका छन् । पछिल्लो समयमा विभिन्न देशका नागरिक पनि नेपालमा मनाइले ठूला-ठुला पर्वको अनुसरण गरेको पाउन सकिन्छ । जस्तै दशैँ, तिहार र तिज जस्ता पर्वमा विदेशीहरु पनि संलग्न भएर मनाएको देख्न सकिन्छ । त्यस्तै विभिन्न देशका चर्चित नागरिकले आफ्नो नाममा तथा शरीरमा नेपाली तथा संस्कृत भाषाको प्रयोग गरेको पाउन सकिन्छ ।

यस्ता कार्यमा सबै भन्दा पहिले नाम आउँछ अमेरिकाकी चर्चित गायिका तथा गीतकार केटी पेरीको । केटी पेरी जसले आफ्नो हातमा संस्कृत शब्दको ट्याटु बनाएकी छिन् । केटी पेरी अमेरिकामा मात्र नभई विश्वभर गायक, गीतकार र अभिनेत्रीका रूपमा परिचित छिन् । उनको हातमा ट्याटुको रुपमा संस्कृत शब्द ‘अनुगच्छतु प्रवाह’ लेखेकी छिन् । यसको नेपाली अर्थ हुन्छ ‘समयसँगै अघि बढ्दै ।’

यसरी संस्कृत भाषाको प्रयोग गर्नेमा यी अभिनेत्री मात्र हैनन् । अमेरिकी अभिनेता, रेडियो होस्ट, लेखक र सामाजिक कार्यकर्ता रसेल ब्रान्डले पनि आफ्नो हातमा ट्या-टू बनाउन संस्कृत शब्दहरू प्रयोग गरेका छन्। उनको देब्रे हातको पाखुरामा ‘ओम नमः शिवाय’ मन्त्र लेखिएको छ ।

यसबाहेक अमेरिकी गायिका डान्सर तथा कोरि-योग्राफर कि-म्बर्ली व्याटको घाँटीको पछाडि संस्कृत श्लोक लेखिएको छ । उनको घाँटीको पछाडीको भागमा ‘लोकः समस्तः सुखिनो भवन्तु’ लेखिएको ट्याटु छ ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब ‘ब्लाइण्ड डेट’ को दोस्रो सिजन हिमालय टेलिभिजनमा