काठमाडौँ : सन् २०२२ को दोस्रो महिना फेब्रुअरीमा ग्रहहरुका स्थितिमा महत्त्वपूर्ण परिवर्तनहरू हुन गइरहेका छन्। सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले फेब्रुअरी ४ तारिख(माघ २१ गते) देखि सिधा चाल चलिरहेको छ । जनवरी १५ तारिखदेखि बुध ग्रह मकर राशिमा वक्री चाल चलिरहेको थियो। बुध ग्रह बुद्धि, संवाद, कारोबार, धनको कारक ग्रह ग्रह हो। यहीँकारण बुधले आफ्नो चाल परिवर्तन गर्दा यसको प्रभाव मानिसको जीवनका अनेक पक्षहरुमा पर्दछ। बुधले सिधा चाल चल्दा यी ५ राशिका जातकहरुका लागि भने लाभदायी हुनेछ। बुध आउँदो मार्च ६ तारिखसम्म यहीँ स्थितिमा रहनेछ। त्यसपछि मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ।
यी राशिका जातकको चम्किनेछ भाग्य
फेब्रुअरी ४ देखि बुध मार्गी हुँदा यी ५ राशिका जातकका लागि निकै शुभ हुनेछ। आउँदो मार्च ६ तारिखसम्म मार्गी बुधले यी राशिहरूलाई अपार लाभ दिनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकलाई बुधको मार्गीले धेरै लाभ दिनेछ। पेशा–व्यवसायमा प्रगति हुनेछ। धन लाभ हुनेछ। धेरै कठिनाइहरू पार हुनेछन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मार्गी बुधले वृष राशिका जातकलाई बोली र संवादमार्फत लाभ दिलाउनेछ। बोलीले करियरमा लाभ दिनेछ। यात्रा हुन सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका जातकको लागि बुधको यो गोचरले धन र समृद्धिमा वृद्धि गर्नेछ। मिठो बोलीले थुप्रै कामहरु बन्नेछन्। राम्रो बोलीले व्यापारमा लाभ मिल्नेछ। धन लाभ हुन सक्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
बुधको स्थितिमा हुने परिवर्तन मकर राशिका जातकको लागि धेरै शुभ हुनेछ किनकी बुध यसै राशिमा वक्री थियो र अहिले मार्गी हुँदैछ। यस राशिका जातकलाई नोकरी-व्यवसायमा ठुलो लाभ मिल्नेछ। राम्रो प्रगति हुनेछ। साथै आम्दानी पनि बढ्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका जातकको लागि बुधको सिधा चालले करियरमा लाभ दिनेछ। मान-प्रतिष्ठा पनि बढ्नेछ र बढुवा पनि मिल्नेछ। आयश्रोत बढ्नेछ। लगानीबाट लाभ मिल्नेछ। यात्राको अवसर पाउनुहुनेछ।