३ कुरामा ध्यान दिने मानिस हरेक काममा हुन्छन् सफल, पाइला-पाइलामा मिल्नेछ सफलता

हरेक मानिसको चाहना हुन्छ कि ऊ जीवनमा सफल र समृद्ध बन्न सकोस् । आचार्य चाणक्यका अनुसार सफलता व्यक्ति बन्नको लागि उसको गुणमा निर्भर हुन्छ । चाणक्यको भनाइ छ, जसले सद्गुणलाई त्यागेर अवगुणलाई ग्रहण गर्छ, उसले जीवनको हरेक मोडमा असफल हुन्छ । यस्तो व्यक्तिले चाहेर पनि सफल हुन सक्दैन ।

त्यसैले सधैँ जीवनमा सफल र प्रशंसनीय बन्न चाहनुहुन्छ भने चाणक्यका यी कुराहरूलाई सधैँ ध्यानमा राख्नुहोस्।

समयको पालना
चाणक्य नीतिका अनुसार जो मानिस आफ्नो जीवनमा समयलाई महत्त्व दिँदैनन् त्यस्ता मानिस जीवनमा अनेक समस्यामा पर्ने गर्दछन् । समय धेरै अनमोल छ, बितेको समय फिर्ता आउँदैन। यस्तो अवस्थामा हरेक पल अनमोल हुन्छ, त्यसको ख्याल राख्नुपर्छ । समयमै काम गर्नेले मात्र सफलता पाउन सकिन्छ । जसले समयको सधैँ कदर गर्छ यस्ता व्यक्तिलाई माता लक्ष्मीको कृपा पनि मिल्छ ।

क्रोधमा नियन्त्रण
आचार्य चाणक्यका अनुसार क्रोध नै मानिसको सबैभन्दा ठूलो शत्रु हो । क्रोधलाई नियन्त्रण गर्न नसक्ने व्यक्तिले सधैँ असफलता, अपजस र धन हानिको सामना गर्नुपर्छ। रिसाउने मान्छेलाई कसैले मन पराउँदैन, किनकी रिसाएको मान्छेले आफू साथै अन्य मानिसलाई पनि हानि पुर्‍याउँछ । त्यसैले क्रोधबाट बच्नुपर्छ। यो जीवनको सबैभन्दा ठूलो कमजोरी मध्ये एक हो।

नम्र स्वभाव
चाणक्य नीतिका अनुसार नम्र स्वभाव तथा बोली मानिसको सर्वश्रेष्ठ गुण हो। जुन मानिसमा नम्रता हुँदैन, उसले जीवनमा सफल हुन धेरै संघर्ष गर्नुपर्छ । जसको नम्र स्वभाव हुन्छ त्यस्ता मानिसलाई सबैले माया गर्छ। मानिसले सधैँ मानिसको गुणलाई सम्मान गर्छन् । साथै त्यस्ता व्यक्तिहरूले सबै ठाउँमा सम्मान पाउँछन्। विशेष गरेर माता लक्ष्मीको कृपा पनि यस्तो व्यक्तिको हुन्छ ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कलिलो उमेरमा नै धनवान हुन्छन् यी ५ राशिमा मानिस, भाग्यले दिन्छ पूर्ण साथ