बलिउड अभिनेत्री मौनी विवाहपछि श्रीमानलाई छोडेर यी अभिनेताको साथमा रमाउँदै देखिइन् !

हालै टिभी तथा बलिउडको चर्चित अभिनेत्री मौनी रोयले आफ्नो प्रेमी सुरज नाम्बियारसँग विवाह गरेकी छिन् । अहिले अभिनेत्री मौनी उनको विवाहलाई लिएर निकै चर्चामा आएकी छिन् । अभिनेत्रीको विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भारतको सानो पर्दापछि पछिल्लो समयमा बलिउडमा छाउन थालेकी बलिउड अभिनेत्री मौनी राय अहिले सामाजिक सञ्जालमा जताततै चर्चाको विषय बनेकी छिन् । अभिनेत्रीले हालै लामो समय देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छिन्। यस पटक अभिनेत्रीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अहिले अभिनेत्री मौनी आफ्नो श्रीमान् छोडेर अरु कसैलाई चुम्बन गरिरहेको देखिएकी छिन् । भिडियोमा देखिएका व्यक्ति अरु कोही होइन अर्जुन बिजलानी हुन्, जो मौनी रोयका निकै मिल्ने साथी पनि हुन् । उनी मौनी र सुरजको विवाहमा पनि सहभागी भएका थिए । मौनीको विवाहमा सुरजले निकै रमाइलो गरेका थिए ।

मौनी विवाहपछि घर प्रवेश गर्ने क्रमको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ जसमा अभिनेत्री मौनीले अर्जुन बिजलानीलाई अँगालो हालेको देखिन्छ, त्यसपछि उनले अर्जुनको गालामा चुम्बन गर्छिन् । यस भिडियोमा अर्जुन भन्छन् यो एक भिडियो मात्र हो मौनी मेरो एक मिल्ने साथी मात्र हुन् ।

 

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचारको लागि अभिनेत्री अनन्यको यस्तो रुप, फ्या:नहरु भए मोहित !